चट्याङ लागेर गुल्मीमा एक पुरुषको मृत्यु

0 149

गुल्मी । गुल्मीमा चट्याङ लागेर एक पुरुषको मृत्युु भएको छ । जिल्लाको मालिका गाउँपालिका(२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक किरण सापकोटाले जानकारी दिए ।

उनका अनुसार, शनिबार साँझ साढे ७ बजेको समयमा चट्याङ लागेर हीराबहादुर घाइते भएका थिए । उनको नजिकैको स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि बेहोस अवस्थामा रहेकोले थप उपचारको लागि गुल्मी सदरमुकाम स्थित गुल्मी अस्पतालमा ल्याइएको थियो ।

गुल्मी अस्पतालले शनिबार राति हीराबहादुरको मृत्यु भएको घोषणा गरेको थियो । मृतकको शव अहिले गुल्मी अस्पतालमा पोष्टमार्टम हुँदैछ ।

ad

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।