गुल्मीको एक विद्यालयमा चट्याङ लाग्दा छ जना विद्यार्थी घाइते

0 232

गुल्मी । गुल्मीको एक विद्यालयमा चट्याङ लाग्दा छ जना विद्यार्थी घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका–६ मा रहेको कुर्घा निम्नमाध्यमिक विद्यालयका विद्यार्थी चट्याङ लाग्दा घाइते भएका हुन् ।

चट्याङ सोमबार दिउँसो तीन बजेर पाँच मिनेट जाँदा लागेको थियो । घाइते मध्ये चार जना विद्यार्थीलाई पाल्पा मिसनमा थप उपचारको लागि पठाइएको कुर्घा स्वास्थ्य चौकीकी इन्चार्ज ममता श्रीसले जानकारी दिइन् ।

चट्याङले लाग्दा दुई जना सामान्य घाइते भएका थिए । चार जनाको अवस्था मध्यम रहेको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।