गुल्मीका सबै माविमा रेडक्रसले गर्यो प्रतियोगिता

0 142

प्रेम सुनार
गुल्मी, भदौ १९ ।

नेपाल रेडक्रस सोसाइटी गुल्मीले ६१ औ स्थापना दिवसको अबस्थामा जिल्लाका सबै मावी स्तरीय वक्तृत्व कला प्रतियोगिता मङ्गलबार सम्पन्न गरेको छ । यस अवसरमा हाम्रो टिम जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरस्थित उदय माविको कर्यक्रम कभर गर्न पुगेको थियो । मानव सेवामा जुनियर तथा युवाको भुमिका बिषायक प्रतियोगीताको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले उद्घाटन गर्नु भएको थियो । उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी सहितका अतिथीहरुले प्रतियोगीको प्रस्तुती अभिरुची पुर्वक गरिरहेका थिए ।
चन्द्रकोटका ११ वटा मावीका सहभागी बिध्यार्थी मध्ये ज्ञानोदय नमुना मावी मजुवाकी समिक्षा सापकोटा प्रथम भएकी छ्न । त्यस्तै ग्वाघा माविका सुगम कार्की द्धतिय  भएका छ्न भने शारादा मावी सराङ्गकी छात्रा अनिषा क्षेत्री तृतीय भएकी छिन  ।  बिजेता तिनै जनालाई कार्यक्रमका प्रमुख अतिथी पालिका अध्यक्ष क्षेत्रीले नगद पुरस्कार र प्रमाण पत्र सहित सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले गित नृत्य मार्फत मनोरञ्जन प्रदान समेत गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष क्षेत्रीले उदय मावी चन्द्रकोट गाउँपालिका कै नेतृत्वदायी शैक्षिक संस्था भएकोले त्यही अनुसारको भुमिकामा आफुलाई उभ्याई राख्न निर्देशित गर्नु भएको थियो । रेड्क्रसका जिल्ला सभापती राजेन्द्र प्रसाद श्रेष्ठका अनुसार परिक्षा चलिरहेकोले इस्मा गाउँपालिकामा प्रतियोगीता हुन सकेन अन्य सबै पालिकामा गरिएको छ ।

ad

कार्यक्रममा विशेष अतिथी पालिका उपाध्यक्ष भण्डारी , वडा नम्बर ४ का वडाध्यक्ष बल बहादुर बस्नेत , त्यस पालिकाका शिक्षा शाखा प्रमुख नयन सिंह ठकुरी , प्रधानध्यापक हरिप्रसाद न्यौपाने , शारदा माविका प्रधानध्यापक बिष्णु सुवेदी, उदय मावि जुनियर रेडक्रसका शिक्षक नायक श्यामलाल गौतम , रेडक्रस सोसाइटीका जिल्ला सदस्य भानुभक्त सुवेदी लगायतले मन्तव्य राखेका थिए । सहभागिलाई त्यस बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष धातानन्द शर्माले धन्यवाद दिदै समापन गर्नु भएको थियो ।
यसै बिच चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाल सरुवा भए पछि मङ्गलबार त्यस पालिकाले फेरि भेटौला कार्यक्रमको आयोजना गरि विदाई गरेको छ । उहाँ जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोक सरुवा भएको र उहाँको ठाउँमा अर्घाखाँची छत्रदेव गाउँपालिका कै सरोज भुसाल पर्सि देखि जिम्मेवारी सम्हाल्न आउने पालिका अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।