चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसाललाई एक कार्यक्रमका बिच विदाई गरिएको छ । गाउँपालिकामा मंगलबार एक कार्यक्रमको आयेजना गरि विदाई गरिएको हो । गाउँपालिकाले फेरि भेटौला कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।
उहाँ जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोक सरुवा भएको र उहाँको ठाउँमा अर्घाखाँची छत्रदेव गाउँपालिका कै सरोज भुसाल पर्सि देखि जिम्मेवारी सम्हाल्न आउने गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालले गाउँपालिकामा १ वर्षभन्दा बढी समय चन्द्रकोटमा सेवा गरेका थिए ।