रेसुङ्गा नगरमा रोपाइँ जात्रा मनाउन सार्वजनिक विदा

0 166

अनिल खत्री
२० भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउनको लागि भोलि  बिहीबार सार्वजनिक विदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाईं जात्राको अबसर पारेर भदौ २१ गतेका लागि नगरले सार्वजनिक विदा दिएको हो ।
नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक विदा दिइएको जनाएको छ । रोपाइँ जात्रा कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन नगरपालिका कार्यालय मातहतका वडा कार्यालयहरु, विद्यालयहरु, स्वास्थ्य संस्थाहरु लगायत यस नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजनिक विदा दिइएको जारी सूचनामा उल्लेख गरिएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अर्को दिन तम्घास बजारमा विभिन्न क्लब, समुह, संघसंस्थाले रोपाइँ जात्रा लगायतका कार्यक्रमहरु गर्ने गर्दछन् । यहाँ वषौं पहिलेदेखि कृष्ण जन्माष्टमीको अवसरमा रोपाइँ जात्रा गरेर मनाउने प्रचलन रहेको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।