वडाध्यक्षले शिक्षक कुटेको भन्दै प्रजिअलाई ज्ञापनपत्र

0 187

 

गुल्मी । गुल्मीमा वडाध्यक्षले शिक्षक कुटेको भन्दै प्रजिअलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति गुल्मीले वडाध्यक्षले शिक्षक कुटेको भन्दै गुल्मीका प्रजिअलाई ज्ञापनपत्र बुझाएको हो ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हीराबहादुर कार्कीले देविस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक यमलाल पन्थीलाई गत १८ गते कुटपिट गरेको जनाएको छ । जनताबाट निवार्चित जनप्रतिनिधिले शिक्षक कुटेको बिष्यमा आफुहरुको गम्भीर ध्यानाकर्षण भएको संगठनले प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।

ad

संगठनका जिल्ला उपाध्यक्ष कमला गौतम र सहकोषाध्यक्ष शारदा थापाले हस्ताक्षर गरेको ज्ञापनपत्रमा घटनामा संलग्न वडाध्यक्षलाई नेपालको संविधान र कानुन बमोजिम कारबाही गरि कानुनी राज्यको प्रत्याभूति गराउन माग गरिएको छ । संगठनले बिहिबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा पुगेर ज्ञापनपज्ञ बुझाएका हुन् ।

गुल्मीमा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आफुले ज्ञापनपत्र बुझेको भन्दै यस बिषयमा आवश्यक सहजीकरण र छलफल गर्ने बताए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।