गुल्मी चन्द्रकोटमा ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसमा विविध कार्यक्रम सम्पन्न

0 139

गुल्मी । चन्द्रकोट गाउँपालिका गुल्मीले विविध कार्यक्रमसहित ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएको छ । ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवर्द्धन’ भन्ने नारासहित मनाइएको दिवसमा पालिका स्तरीय हाजिरी जबाफ प्रतियोगिता, लोक गायन प्रतियोगिता तथा सम्मानका कार्यक्रमहरु भएका थिए ।

यसैबीच गाउँपालिका स्तरीय आधारभूत तह (कक्षा ६ देखि ८ सम्म)हाजिरी जवाफ प्रतियोगितामा पोलारिस इङ्गलिस बोर्डिंङ्ग स्कुल चन्द्रकोट–८ तुराङ्ग प्रथम भएको छ । विभिन्न १५ वटा शैक्षिक संस्था सहभागी प्रतियोगितामा शारदा मावि चन्द्रकोट–७ रुपाकोट द्वितीय, चक्रेश्वर इङ्गलिस बोर्डिंङ्ग स्कुल चन्द्रकोट–४ शान्तिपुर गुल्मी तृतीय तथा उदय माध्यमिक विद्यालय सान्त्वना स्थान हासिल गरेका थिए।

माध्यमिक तह स्तरीय खुला एकल लोक गायन प्रतियोगितामा ग्वाघा माध्यमिक विद्यालयका छात्र राजु बिक प्रथम भए । शारदा माविका छात्र मनोज परियार दितीय, ज्ञानोदय नमुना माध्यमिक विद्यालयका सुमन राना तृतीय तथा उदय माध्यमिक विद्यालयका छात्र आविस्कार कार्की शान्त्वना स्थान हासिल गर्न सफल भए । प्रतियोगितामा विभिन्न ८ विद्यालयको सहभागिता रहेको थियो ।

ad

दिवसको अवसरमा शैक्षिक सत्र २०७९ मा उच्चतम जिपिए प्राप्त गर्न सफल विद्यार्थी पुरस्कृत गरिएको छ।
आधारभूत तहतर्फ कक्षा ५ उत्तीर्ण भूमिस्थान आधारभुत विद्यालय चन्द्रकोट–४ गुल्मीका प्रिन्स खत्री तथा चकेश्वर चकेश्वर इङ्गलिस बोर्डिंङ्ग स्कुल चन्द्रकोट–४ की छात्रा अन्जली सार्की, ज्ञानोदय नमुना माध्यमिक विद्यालय चन्द्रकोट–८ की छात्रा स्वस्तिका पौडेललाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।


यसैगरी एसईई परिक्षामा उच्चतम जिपिए ल्याई उत्तीर्ण हुने ज्ञानोदय नमुना माध्यमिक विद्यालयका छात्राहरु दिपिका खराल र सुस्मिता भण्डारीलाई पुरस्कृत गरिएको छ । यस्तै माध्यमिक शिक्षा उत्तीर्ण परिक्षा (कक्षा १२) मा सोही विद्यालयका छात्र प्रशान्त भण्डारी पुरस्कृत तथा सम्मानित भएका छन ।

कार्यक्रममा २०७९ भाद्र २३ गतेदेखि हालसम्म आवकास भएका ४ जना सेवा निबृत्त शिक्षकहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा जनता बाल निकेतनका शिक्षक प्रेमनारायण अर्याल, उदय मावि शान्तिपुरका शिक्षक तेजनारायण शर्मा सुवेदी, किसिकोट आधारभुत विद्यालयका शिक्षक तोयानाथ शार्मा रहेका छ्न । त्यस्तै उदय मावि शान्तिपुरका शिक्षक स्वर्गीय कृष्ण कुमार गैरेलाई त्यस पालिकाले मरणोपरान्त सम्मान गरेको छ ।

गाउँपालिका अध्यक्ष युबराज केसीले साक्षारता अभियान संचालन हुँदा स्थानीय तहमा साक्षारता दर बढ्दै जाने बताउँपदै पालिका यसअघि नै पूर्ण साक्षर घोषित भएकोले दिगोपनाका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताए । उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीले व्यक्ति साक्षर बन्न पाउने उसको नैसर्गिक अधिकार रहेको बताउँदै गाउँपालिका भित्रका कुनैपनि व्यक्ति साक्षर हुनबाट बञ्चित नहुने गरि पालिकाले कार्योजना अघि बढाएको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज भुसाल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षक महासंघका पदाधिकारीहरु, विभिन्न शिक्षक संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरू, बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु,कर्मचारीहरू, विभिन्न बिद्यालयबाट कार्यक्रममा सहभागी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।