गुल्मीका सन्तोष महतारालाई भैरव रिसाल मिडिया फेलोसिप २०८० को अवार्ड

0 192

 

गुल्मी । भैरव रिसाल मिडिया फेलोसिप २०८० को अवार्ड गुल्मीका सन्तोष महताराले प्राप्त गरेका छन् ।

महताराले खोजमुलक तथा सिर्जनात्मक समाचार प्रकाशन गरेबापत नगद २५००० धनराशि सहित बरिष्ठ पत्रकार भैरव रिसालबाट सम्मानित भएका हुन । महतारालाई एन्फाको ३२ औं वार्षिक साधारणसभाको अवसरमा शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रमको अवसरमा सम्मान गरिएको हो ।

ad

२०७४ सालदेखि गुल्मीको सदरमुकाम तम्घासमा बसेर क्रियासिल पत्रकारिता गर्दै आएका महतारा हाल रास्ट्रिय समचार समिति रासस ,कारोवार रास्ट्रिय दैनिक पत्रिका गुल्मी संवाददाता र गुल्मी साप्ताहिक पत्रिकाका सञ्चालक समेत हुन । उनी खोजमुलक समचार लेख्न रुचाउँछन् । पुरस्कृत भए पछि महताराले थप जिम्मेवारी बढेको महशुस भएको प्रतिक्रिया दिए । उनिले सामाजिक उत्त्तरदायित्वका साथ पत्रकारिता गर्ने बताए

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।