गुल्मीमा एउटै भुस्याहा कुकुरले टोकेर क्षणभरमै ७ जना घाइते

0 291

 

गुल्मी । गुल्मीमा एउटै भुस्याहा कुकुरले टोकेर ७ जना भाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा एउटा रातो खैरो रङको भुस्याहा कुकुरले आतंक मच्चाएको हो ।

आइतबार बिहान कार्यालय समयको समयमा क्षणभरमै ७  जनालाई टोकेर घाइते बनाएको छ । ११ बजे गुल्मी अस्पतालमा पुग्दा कुकुरले टोकेका घाइते र उनका आफन्तको भिड थियो ।

ad

महेन्द्र नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुको पिटी चलिरहेको बेला उक्त कुकुर भित्र पसेर कक्षा २ का ८ वर्षिया सन्जु बिकलाई टोक्यो । उनलाई जोगाउन पुगेकी शिक्षिका भगवता पाण्डेलाई पनि टोक्यो । अर्घाखाँची जिपपार्कमा घर भित्र पसेर १७ वर्षिय निशान खनाललाई टोक्यो । जिल्ला प्रशासन अगाडि २७ वर्षिया चुरा बहादुर खत्रीलाई मोटरसाइकल चाढ्न लागेको बेला टोक्यो ।

सिमलटारीबाट तम्घास आएका ७० वर्षिय दुर्गा बहादुर सुनारलाई क्याम्पस रोडमा टोक्यो । अमरपुर घर भई सिद्धबाबा माध्यमिक विद्यालयमा पढ्ने ७ वर्षिय वसन्त रानालाई पनि टोकेर घाइते बनाएको छ । क्षणभरमै कुकुरले टोकेर घाइते बनाए पछि प्रहरी उक्त कुकुर खोज्न प्रहरी परिचालन गरेको र क्याम्पस रोडतिर पुगेको जानकारी आएको जिल्ला प्रहरी प्रमुख एसपी नवीन किशोर प्रधानले बताए ।

पशु सेवा कार्यालय प्रमुख पशुचिकित्सक भरत काफ्ले सँग बुझ्दा उक्त कुकुर नमारेसम्म रेविज लागे नलागेको थाहा पाउन सकिन्न । त्यसलाई सुई दिइन्न । व्यबस्थापन गरेर अरु कुकुरहरुलाई सुइ दिन बजारमा त्यस कार्यालयबाट प्राविधिकहरु खटाएको काफ्लेले जानकारी दिए । त्यस कुकुरले हिड्दै गरेको गाडीको टायर समेत टोक्ने गरेको बजारका यात्रीहरुले बताए । प्रेम सुनार, गुल्मी

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।