कोटेश्वर युवा क्लवको आयोजनामा तिज गीत प्रतियोगिता सम्पन्न, आँपचौर भलिबल क्लव प्रथम

0 1,658

महेश बोहरा, गुल्मी ३० भाद्र
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौर मिमियाफाँटमा तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार कोटेश्वर युवा क्लवको आयोजनामा स्टेज तिज गीत प्रतियोगिता सम्पन्न भएको हो । मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तिज गीत प्रतियोगितामा आँपचौर भलिबल क्लवले प्रथम स्थान हासिल गरेको छ । कुल १० समुह सहभागी भएको कार्यक्रममा युनिटी मंगोलियन ग्रुप पौदीअमराईले द्धितिय स्थान प्राप्त गरेको छ ।

शिवशंकर माध्यमिक बिद्यालयले तृतिय स्थान हासिल गर्दा गौरिशंकर आमा समूह तल्लाफाँट र धारापानी युवा क्लव चन्द्रकोट ८ पिपलपाटाले सान्तवना स्थान हासिल गरेका थिए । यस्तै सुनगाभा युवा क्लव चन्द्रकोट ८ सल्यारको समुहले उत्कृष्ट बाद्यबादन तर्फको पुरस्कार जित्दा उत्कृष्ट भेषभुषाको पुरस्कार न्यू सदावहार युवा क्लव गुल्मीदरवारले प्राप्त गरेको छ भने उत्कृष्ट नृत्य जनजागृती युवा क्लव झुर्मmले जितेको थियो । प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेले क्रमश १२ हजार, ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका छन । यस्तै अन्य सहभागीहरुलाई पनि सहभागी पुरस्कार वितरण गरिएको थियो । सबै पुरस्कार विभिन्न ठाउँमा रहनुहुने सहयोगीदाताले सहयोग गरेको क्लवले जानकारी दियो ।


कार्यक्रमकी प्रमुख अतिथि मुसिकोट नगरपालिका उप प्रमुख गंगा श्रेष्ठले विकृती र विसंगती बिरुद्ध महिला दिदिबहिनीहरुले गीतको माध्यमबाट प्रस्तुत गरेको उल्लेख गर्नुभयो । उहाँले सबै युवाहरु मिलेर देशमा नै केही गर्न प्ररित गर्नुपर्ने बताउनुभयो । देशविदेशबाट सहयोग गरी कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न सबैलाई धन्यवाद गर्नुभयो । यस्तै कार्यक्रमममा बोल्ने वक्ताहरुले पनि क्लवले पहिलो पटक तिज गीत प्रतियोगिता सफल साथ सम्पन्न गरेको भन्दै प्रशंसा गरेका थिए । कोटेश्वर युवा क्लवका अध्यक्ष कृष्ण खरेलले सहयोगी मनहरुलाई धन्यवाद दिदैं आगामी दिनमा पनि यस्तै रचनात्मक कार्य गर्ने उल्लेख गर्नुभयो ।

ad


क्लवका अध्यक्ष कृष्ण खरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरु मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरका वडाध्यक्ष ऋषिश्वर अर्याल, नगरपालिका कार्यपालिका सदस्य यमकला खराल, वडासदस्यहरु पारश्वर खरेल, रामप्रसाद अर्याल साथै नगरपालिकाका पदादिकारीहरु, लक्ष्मिनारायण पुजा व्यवस्थापन समिती अध्यक्ष तथा क्लवका सल्लाहकार समिती सदस्य सुर्यमुर्ती खरेल लगायत रहनुभएको थियो । कार्यक्रममा स्थानियहरुको पनि उल्लेख्निय सहभागीता रहेको थियो ।

मिडिया पार्टनरको रुपमा गुल्मी जिल्लाको एक मात्र टेलिभिजन  Bee Television बी टेलिभिजन र मालिका अनलाइनले कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गरेका थिए । जसको सौजन्य जापानबाट जय जय कोटेश्वर समुहबाट किरण खरेल र तुलाराम तिवारीले गर्नुभएको थियो । कार्यक्रमको संचालन क्वलका कोषाध्यक्ष धुर्व  खरालले गर्नुभएको थियो ।

हेरौं केही तस्विरहरु

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।