सरसफाइ गरेर मनाइयो संविधान दिवस

0 122

गुल्मी, ०३ असौज।
गुल्मीमा सरसफाइ गरेर संविधान दिवस मनाइएको छ । जिल्ला सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगरपालिका –९ चारिखोलामा रहेको खानेपानीको मुहान सरसफाइ गरेर दिवस मनाइएको हो । पदेश सासंद डिल्लीराज भुसाल, दिनेश पन्थी, जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री, रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसि लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय लगायतले सरसफाइ गरेका हुन् ।

सोही अवसरमा तम्घास बजार परिक्रमा गरी नगर सौन्दर्यिकरणको लागि प्रत्येक घरका ढोकामा फुलका गमला राख्न अनुरोध गरिएको छ । बजार परिक्रमापछि लाकुरीमञ्चमा कोण सभा भएको थियो ।

ad

कार्यक्रममा बोल्दै संविधान दिवस मुल समारोह समितिका अध्यक्ष दोर्ण खत्रीले लोकतन्त्रको माध्यमबाट मात्रै सुन्दर भविष्यको कल्पना गर्न सकिने बताए । उनले लोकतन्त्रको विकल्प नभएको भन्दै सबै मिलेर संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नगर प्रमुख खिलध्वज पन्थीले बजार सौन्दर्यिकरणको लागि सबैले आफ्नो घरको गेटमा फुलका गमला राखेर पर्यटन प्रवद्वनमा सहयोग गर्न आग्रह गरे ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।