उदिनढुङ्गा बसपार्क टिकट काउन्टर भवन सञ्चालनमा

0 183

अनिल खत्री असोज ४, गुल्मी
गुल्मी जिल्लाको सदरमुकाम तम्घासको उदिनढुङ्गा बसपार्कमा रहेको टिकट काउन्टर भवन सञ्चालनमा आएको छ । निर्माण कार्यमा वषौंदेखि अलपत्र रहेको भवन सञ्चालनमा आएसँगै यातायात व्यवसायीहरुलाई सहज भएको छ ।

गुल्मी जिल्लाको सदरमुकाम तम्घासको उदिनढुङ्गामा रहेको बसपार्क व्यवस्थित नभएका कारण चोककोमा यातयात व्यावासायीका काउन्टर थिए । अहिले उदिनढुंगा बसपार्कको टर्मिनल भवन करिव एक दशकमा निर्माण भएको छ । बसपार्कमा रहेको टिकट काउन्टर भवन सञ्चालनमा आएसँगै यातायात व्यवसायीलाई सहज भएको छ
बसपार्क भवनको लागि ०७२ सालमा शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले चार करोड ९१ लाखको स्टिमेट गरेको थियो । भवनको स्टिमेटमा शौचालय, प्रहरी बिट, टिकट काउन्टर लगायतका कोठाहरुको डिजाइन गरिएको थियो । तर अहिले डिजाइन परिर्वतन गरेर टिकट काउन्टर भवन मात्रै निर्माण भएको छ । लामोसमयसम्म अलपत्र टिकट काउन्टर भवन नगरपालिका र बसपार्क व्यवस्थापन समितिको समन्वयमा सञ्चालनमा ल्याइएको हो ।

अति महत्वपूर्ण र व्यस्त बसपार्कको व्यावस्थापन नहुँदा नागरिक र यातयात व्यावसायीले वर्षौदेखि सास्ती खेपिरहेका छन् । अहिले पनि बसपार्क क्षेत्रमा सार्वजनिक शौचालय र सडक कालोपत्रे भएको छैन् । जसले गर्दा अझैपनि समस्या रहेको छ ।
उदिनढुङ्गा बसपार्कमा निर्माण भएको टिकट काउन्टर भवन करिब एक करोडमा निर्माण भएको हो । टिकट काउन्टर भवन शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन इकाई, रुपन्देही मार्फत निर्माण भएको हो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।