मूल्य बृद्धिको मारमा नागरिक

0 90

अनिल खत्री असोज ६, गुल्मी
चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य खाद्यान्नमा अचाक्ली मूल्यवृद्धि भएको छ । पछिल्लो केहि दिन यता दैनिक उपभोग्य खाद्यान्नमा भएको मूल्य बृद्धिले गर्दा नागरिक मारमा परेका छन् ।

चाडपर्व नजिकिएसँगै दैनिक भान्सामा प्रयोग हुने चामल, चिनी, दाल, मैदा, आटा, मसला लगायतका वस्तुको मूल्य आकासिएको छ । केहि दिन अघि चिनीको मूल्य १०५ प्रतिकेजी थियो । अहिले बढेर १२५ भन्दा वढि पुगेको छ । जिरा, चामल, लगायतका खाद्यान्नमा मूल्य वृद्धि भएको छ । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजार लगायत ग्रामीण क्षेत्रका बजार दैनिक उपभोग्य सामाग्रीको मूल्य बृद्धि भएको छ । अहिले बजारमा सबै दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धिको मारमा सर्वसाधारण नागरिक मर्कामा परेका छन् ।
नेपालमा उत्पादन हुने खाद्यान्नले नपुग्ने हुँदा छिमेकी देश भारतबाट आयतको भर पर्नु पर्ने हुन्छ पर्छ ।

तर पछिल्लो केहि दिन यता छिमेकी देश भारतले दैनिक उपभोग्य खाद्यान्न चामल लगायतका वस्तुमा मूल्य बृद्धि भएको देखाउँदै नेपालका उद्योगी व्यवसायीहरूले नेपालमै उत्पादन हुने खाद्यान्नको समेत मूल्य वृद्धि गरेका छन् । बजारमा अहिले दैनिक उपभोगय वस्तुको मूल्य थरिथरिका छन् । चाडपर्वमा अन्य समयमा भन्दा दैनिक उपभोग्य वस्तुको खपत वढी हुन्छ । त्यसैले पनि व्यवपारिहरु यहि मौका छोपेर खाद्यान्नको कृत्रिम अभाव सृजना समेत गर्ने गर्दछन् । यसैलाई मध्य जनर राखेर प्रशासनले चाडपर्व लक्षित बजार अनुगमन पनि गर्ने गर्दछ ।
गाउँदेखि शहरसम्म दैनिक उपभोग गर्ने वस्तुको मुल्यवृद्धिले सर्वसाधारणलाई समस्या निम्ताएको छ । पछिल्लो समय दैनिक उपभोग गर्ने वस्तुको मूल्य आकासिदै गएपछि दैनिक ज्याला मजदूरी गरेर दैनिकी चलाउने अवस्था अझ कष्टकर बन्दै गएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।