गुल्मीको रिडी-वामीटक्सार सडक अवरुद्ध

0 145

 

निरन्तरको वर्षाका कारण पहिरो खसेपछि गुल्मीको रिडी–वामीटक्सार र रिडी–अर्घाखाँची सडक खण्ड अवरुद्ध भएको छ। सत्यवती गाउँपालिका(५ बाँदरेभिरमा पहिरो खसेपछि रिडी–वामीटक्सार सडक गएरातिदेखि अवरुद्ध भएको हो ।

यस्तै, रुरुक्षेत्र गाउँपालिका १ साखरमा गएको पहिरोका कारण रिडी–अर्घाखाँची सडक हिजो दिउँसोदेखि बन्द छ । यी सडक खण्ड अवरुद्ध भएपछि गाडीबीच बाटोमै रोकिएका छन् ।

ad

रिडी–वामीटक्सार सडकको पहिरो बिहानैदेखि पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यस्तै, रिडी–अर्घाखाँची सडक खण्डमा पनि पहिरो पन्छाउने काम भइरहेको तर ठूला ढुङ्गा खसेका कारण सडक सञ्चालनमा ल्याउन समस्या भइरहेको बताइएको छ ।

गएको तीन दिनदेखिको लगातारको वर्षाका कारण गुल्मीको तम्घास आउने ग्रामीण सडकहरु पनि बीचबीचमा अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो जान सक्ने क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ । जनार्दन घिमिरे, उज्यालो अनलाइन

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।