अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रेसुङ्गा नगर कमिटिको अध्यक्षमा ममता महाकिम चयन

0 1,171

असोज २१, गुल्मी
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रेसुङ्गा नगर कमिटिको अध्यक्षमा ममता महाकिम चयन हुनुभएको छ । आइतबार जिल्ला पार्टी कार्यालयको सभाहलमा नगरकमिटिको सम्पन्न भेलाले ममता महाकिमको अध्यक्षतामा २५ सदस्यीय कमिटि गठन गरेको हो । जसको उपाध्यक्षमा जमुना पाण्डे र माया आचार्य रहनुभएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विरबहादुर कार्कीको प्रमुख अतित्यथामा सम्पन्न कार्यक्रममा प्रदेश सह सचिव सामनाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा रेसुङ्गा इन्चार्ज घनश्याम पाण्डेले स्वागत मन्त्ब्य राख्नुभएको थियो । यस्तै सह इन्चार्ज खड्क श्रेष्ठ, अध्यक्ष गिरीप्रसाद महाकिम, उपाध्यक्ष पदम बहादुर खत्री लगायतले शुभकामना मन्त्ब्य राख्नुभएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रले संचालन गरेको ३ महिने विशेष रुपान्तरण अभियानलाई अझै प्रवाभकारी बनाउने, जनताको हरेक समस्यामा साथ दिदै माओवादी केन्द्रले गरेका कार्यहरुको बारेमा जनतालााई सही सूचना दिने लगायतका बिषयमा वक्ताले बोलका थिए । कार्यक्रमको सञ्चालन नगरकमिटि उापध्यक्ष सिता बिकले गर्नुभएको थियो ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।