असोज २८ गतेदेखि कार्तिक ५ गते सम्म धुर्कोट महोत्सव हुँदै

0 1,295

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा असोज २८ गतेदेखि कार्तिक ५ गते सम्म धुर्कोट महोत्सव हुने भएको छ । धुर्कोट सिर्जनसिल रिपोर्टस क्लबको आयोजनामा धुर्कोट महोत्सव गर्न लागिएको हो ।

समृद्ध धुर्कोट हाम्रो सान कलागला संस्कृति र पर्यटन हाम्रो पहिचान भन्ने मुल नाराका साथ असोज २८ गतेदेखि कात्तिक ५ गतेसम्म महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सव २५ गतेबाट हुने भनिएता पनि कारण बस २८ गतेबाट संचालन गर्न लागीएको आयोजकले जनाएको छ । महोत्सवमा विशेषगरि राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक एंव हास्यव्यङग्य प्रस्तुती, स्थानीयकला तथा धुर्कोट गाउँपालिका पर्यटकिय स्थालहरुको फोटो प्रदर्शनी, बालउद्यान, लगायतका मुख्य आर्कषणहरु रहेका छन ।

ad

धुर्कोट सिर्जनसिल रिपोर्टस क्लबको आयोजना तथा जय माता दि एम्युजमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालि बुटवल रुपन्देहीको ब्यबस्थापन तथा धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकको सह आयोजना तथा धुर्कोट गाउँपालिकाको संरक्षणमा महोत्सव संचालन गर्न लागीएको क्लबले जनाएको छ । धुर्कोटको जैसिथोक कालापोखरामामा महोत्सव सन्चालन गर्न लागीएको आयोजकले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।