गुल्मीमा प्रहरी अधिकृत सहित १६ जना पुरस्कृत

0 67

अनिल खत्री
३० असोज, गुल्मी । प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्नेे १६ जना प्रहरी अधिकृत तथा जवानहरु पुरस्कृत गरेको छ । नेपाल प्रहरीको ६८ औं स्थापना दिवसको अबसरमा बिभिन्न बिधामा उदारणिय र उत्कृष्ट कार्य सम्पादन आधारमा जिल्ला भर रहेका मध्ये प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेहरुमा प्रहरी निरिक्षक किरण सापकोटा, प्रहरी सहायक निरीक्षक नवराज भट्टराई, प्रहरी सहायक निरीक्षकहरु भविश्वर बिक, कृष्णबहादुर थापा, रामविलास यादव, खुमा थापा रहेका छन् । त्यस्तै प्रहरी वष्ठि हवल्दार यमबहादुर थापा, प्रहरी हवल्दारहरु केशव दमाई, सुभाषकुमार नेपाली, हिमबहादुर सुनार, प्रहरी सहायक हवल्दार जैप्रकाश थारु देवबहादुर पुन,भेगबहादुर जिएम, प्रहरी जवान मिनबहादुर रास्कोटी र कार्यालय सहयोगी हेमराज बिष्टलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुने प्रहरी अधिकृत तथा जवानहरुलाई नगद सहित निमित्त प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले सम्मान गर्नुभएको हो । दिवसको अबसरमा शहिद परिवारका श्रीमतीहरुलाई पनि सम्मान गरिएको थियो ।


कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले प्रहरीले आम नागरिकको शान्ति सुरक्षा गर्न र बिपद व्यवस्थापनमा खेलेको भूमिका प्रशंसनिय रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नयव उपरीक्षक डिल्लीनारायण पाण्डेले नागरिसँग सहकार्य गरेर आम नागरिकको शान्ति सुरक्षा गर्ने सवालमा सहकार्य गरेर अगाडी बढिरहेको बताउनुभयो ।


दिवसको अवसरमा प्रहरीले साताव्यापी रुपमा विभिन्न रचनात्मक कार्यक्रम गरेको थियो । त्यस अवसरमा सहभागीहरु र विभिन्न ठाउँमा प्रहरी चौकी निर्माणमा जग्गा प्रदान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।