गुल्मीमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जना पक्राउ

0 61

गुल्मी । गुल्मीमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका – ४ अर्खबाङ्गमा दसैं त्रयोदशीमा भएको सराय नाच सकिएपछि साँझ मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।

उनका अनुसार, दसैं त्रयोदशीका दिन अर्खबाङ्गमा साँझपख शान्ति सुरक्षा भंग गरेको, अशान्ति तथा असुरक्षा बढाएको र एकआपसमा झैझगडा गरेकोले सोही स्थानबाट १२ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई शान्ति सुरक्षा खलबलाएको कसुरमा सार्वजनिक मुद्दा चलाउने तयारी भएको छ ।

यस घटनामा अर्खबाङ्ग प्रहरीले जिल्लामा खबर गरेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु अहिलेप्रहरी हिरासतमा छन् ।

ad

पक्राउ पर्नेमा सन्तबहादुर थापा, केशव खड्का, अनिल थापा, विशाल थापा, विकल्प थापा, साहिल जिसी, नरेन्द्र थापा, भरत थापा, अनिल ठकुरी, नारायण पाण्डे, विपिन थापा र गुञ्जबहादुर थापा छन् । पक्राउ परेका अधिकांश मालिका गाउँपालिका वडा नम्बर ३ ह्वाङ्दीका छन् । केही अन्य वडाका पनि छन् । उनीहरूले मादक पदार्थ सेवन गरेर ड्युटीमा खटिएका प्रहरी माथि अभद्र व्यवहार पनि गरेका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।