गुल्मीमा दशैंपछि कार्यालय खुलेसँगै नागरिकता लिनेहरुको चाप बढ्यो

0 88

दशैंपछि कार्यालय खुलेसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्रहीको अत्याधिक चाप बढेको छ । चाडपर्व मनाउन आएकाहरु यहिँ समयलाई सदुपयोग गरेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत बनाउन आउने गरेकाले अन्य समयमा भन्दा वढि चाप हुने गरेको हो ।
दशैं पछि कार्यालय खुलेसंगै गुल्मी जिल्ला प्रशासन कार्यालयबाट सेवा लिनेको संख्या दोब्बरले बृद्धि भएको छ । नयाँ नागरिकता संगै प्रतिलिपी, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या पनि बृद्धि भएकाले प्रशासनमा भिड् बढने गरेको हो । प्रशासनले राहदानी वितरणमा टोकन प्रदान गरेर सेवा प्रदान गरेकाले सहज भएको छ । तर अरु नयाँ नागरिता, प्रतिलिपी र राष्ट्रिय परिचयनपत्र वितरण भने टोकन सिस्टम छैन् । जसले गर्दा सेवाग्रहीलाई सेवा लिन गाहे पर्ने गरेको गुनासो गरेका छन् ।

प्रशासन कार्यालयमा सेवाग्रहीको भिड बढदै जानथालेसँगै नागरिकहरुको सेवाको लागि विहान वेलुका अतिरिक्त समयमा पनि कार्यालय संचालन गरेर भएपनि नागरिकलाई सेवा दिने तयारी गरिरहेको छ ।
प्रशासनमा दशै र तिहारको समयमा सेवाग्राहीको प्राय भिड हुने गर्दछ । जिल्लामा दशैं अगाडीबाट सामान्य भिड भएपनि दशैंपछिबाट सेवाग्राहीको अत्याधिक भिड देखिएको हो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।