गुल्मीमा गोठमा आगलागी हुँदा पाँच लाखको क्षति

0 388

 

गुल्मी । गुल्मीमा एक गोठमा आगलागी भएको छ । जिल्लाको मालिका गाउँपालिका ६ फुलबारी बस्ने रामप्रसाद भण्डारीको गोठमा आगलागी भएको हो ।
गएराती २स्४० बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
विद्युत सट भई आगलागी हुँदा गोठमा रहेको भैँसी जलेर घाईते हुनुका साथै झण्डै ५ लाख बराबरको क्षति भएको प्रहरीको भनाई छ ।
आगलागी भएको जानकारी पाउन साथ मरभुङ प्रहरी चौकीको टोली घटनास्थल पुगी स्थानीयको समेत सहयोगमा करिब ५ः२० बजे आगो पुर्ण रुपमा नियन्त्रणा आएको प्रहरीको भनाइ छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।