गुल्मीको उपल्लो तम्घासमा महोत्सव सुरु

0 805

 

१५ कात्तिक, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मी जिल्लाको उपल्लो तम्घासमा महोत्सव सुरु भएको । गुल्मी उद्योग संघ गुल्मीको आयोजनामा ‘उद्योग कृषि र पर्यटनमा उनीएको थुङ्गा, समुन्नत गुल्मीका लागि जाउँ हिड् रेसुङ्गा’ भन्ने नाराका साथ आजबाट सुरु भएको महोत्सव कात्तिक २५ गतेसम्म चल्ने छ ।

महोत्सवको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभयो । उद्घाटनको अबसरमा सदरमुकाम तम्घास स्थित विभिन्न संघ संस्थाहरुले विभिन्न झाँकी लगायत र्याली प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले मेला महोत्सव बाट अर्थतन्त्र चलाएमान हुने बताए । आर्थिक गतिविधि चलाएमान बनाउन यि यस्ता मेला महोत्सव गरिनुपर्ने बताए । जाउ हिड रेसुङ्गा अभियानलाई जोडेर महोत्सव संचालन गरेकोमा आयोजकलाई धन्यवाद समेत दिए ।

ad

उद्योग संघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले मेला महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताए । उनले मेलाको सफलताको कामना समेत गरेका छन ।

महोत्सवको पहिलो दिन शोभायात्रा सङ्गै तम्घास बजार परिक्रमा गरिएको थियो । महोत्सवमा मदाने गाउँपालिकाको महिलाहरुको पन्चेबाजा सहित जिल्लाका अन्य स्थानका सराय,झाकी प्रदर्शन गरिएको थियो । कार्यक्रममा गुल्मीका उज्यालो अभियानका परिकल्पनाकार उपल्लो तम्घासका माधव मरासिनीलाई सम्मान गरिएको थियो । त्यस्तै गुल्मीमा उन्नत जातको गाई भित्र्याएर गुल्मीमा दुग्ध उत्पादन अभियान छेड्ने पूर्व सांसद कमलराज श्रेष्ठ, त्यस्तै पहिलो पटक तम्घासमा होटल सञ्चालन सुरू गर्ने र अहिले ९३ वर्षको उमेरसम्म पनि साहाकारी सापकोटा भोजनालय सञ्चालन गर्ने हिरामणि सापकोटा र गुल्मीमा पहिलोपटक महोत्सव आयोजना गरेर तत्कालिन र हालका पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गुल्मी झिकाउन सक्ने समाजसेवीका रूपमा अशोक थापालाई सम्मान गरिएको थियो ।

महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, विभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अवधीभर प्रर्दशन गरिने भएको छ । गुल्मी महोत्सवमा उपल्लो तम्घासमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्मक पिङ लगायत विभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री वितरणको लागी राखिने भएको छ । मेलामा ३ सय वटा स्टल रहेका छन् । त्यसमध्ये ५० वटा स्टल स्थानीय उत्पादनका सामाग्रीहरु राखिने भएको गुल्मी उद्योग संघका अध्यक्ष भुसालले नवराज भुसालले बताउनुभयो ।

महोत्सवमा स्थानीय व्यापारीहरुलाई प्रोत्सहान गर्न भन्दै ३० प्रतिशत छुटमा स्टल दिइएको छ । महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरूसँगै गुल्मी जिल्लामा विभिन्न जाति विशेषका खाना परिकारहरू, विभिन्न संस्कृति झल्किने झाँकीहरू पनि प्रदर्शन गरिने भएको छ । जिल्लामा ठूला उद्योग नभएकाले साना तथा मझौला उद्योगको प्रचारप्रसार गरेर प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको प्रदर्शन गरिनुका साथै कृषि उत्पादनको प्रदर्शन गरेर बजारीकरणमा टेवा पु¥याउने आयोजकले लक्ष्य लिएको आयोजकले जनाएको छ । महोत्सवमा एक लाख दर्शक भित्र्र्याउने र ६० करोड बराबरको कारोबार गर्ने आयोजकले अपेक्षा लिएको छ । महोत्सव अवधीभर सांस्कृतिक कार्यक्रममा नेपाली सिने जगतमा महानायक राजेश हमालदेखि लोकप्रिय कार्यक्रम इन्द्रेणी टिम सहित विभिन्न बिधाका झण्डै एकसय बढी कलाकारको प्रस्तुती रहने भएको आयोजकले जनाएको छ । आजदेखी सुरु भएको महोत्सव २५ गतेसम्म चल्ने छ । महोत्सव स्थलसम्म पुग्न तम्घास बजार देखि निःशुल्क बसको समेत व्यवस्था गरिएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।