रेसुङ्गाका चेतमान मंसिर १ गतेदेखी सम्पर्क बिहिन

0 99

सूर्य सुनार मंसिर ४, गुल्मी
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ७ भुजेलखर्क निवासी चेतमान चुँदरा सम्पर्क बिहिन भएका छन् । मंसिर १ गते दिउँसो १२ः ३० बजे घरबाट निस्किएका चुँदरा अहिलेसम्म घर नफर्किएको परिवारले जानकारी दिए ।

६२ वर्षिय चुँदरा घरबाट निस्कने समयमा निलो कलरको ट्रयाक, ढाका टोपी गलबन्दी र पाइट लगाएर घर परिवारसंग केही नभनी निस्किएको परिवारले बताएका छन् ।

आफन्तीहरुको मा बुझदा अहिले सम्म कहिंकतै पनि सम्पर्कमा नआएको परिवारले बताएका छन् । चुँदरालाई कसैले देखेको भए वा भेट्नु भएमा नजिकको प्रहरी चौकी वा ९८४७५७३३१५, ९८४७४३२२५८ मा सम्पर्क गर्न परिवारले आग्रह गरेका छन् ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।