नेपाली काँग्रेस गुल्मीले दोस्रो जिल्ला सम्मेलन गर्ने

0 101

४ मंसिर, गुल्मी । नेपाली काँग्रेस गुल्मीले आगामी मंसिर ९ र १० गते दोस्रो जिल्ला सम्मेलन गर्ने भएको छ । सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर काँग्रेस पार्टीले हालसम्म गरेको कामको समिक्षा र आगामी कार्ययोजना बारे जानकारी दिने उदेश्य सहित जिल्लामा दोस्रो सम्मेलन गर्न लागेको नेपाली काँग्रेस गुल्मीले जनाएको छ ।

मंसिर ९ गते जिल्लाको सदरमुकाम तम्घास स्थित चिदिचौर खेलमैदानमा नेपाली काँग्रेसका केन्द्रीय सभापति एवम् पूर्व प्रधानमन्त्री सम्माननीय शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय  गगन कुमार थापा र विश्व प्रकाश शर्मा, केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, चन्द्र के.सी., लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेताकाले सम्बोधन गर्ने दोस्रो जिल्ला सम्मेलन प्रचारप्रसार संयोजक छवि पाण्डेले बताउनुभयो ।

मंसिर १० गते हुने सम्मेलनको बन्दसत्रमा जिल्ला भित्रका १ हजार ७ सय ४६ जना क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन् । नेपाली काँग्रेस गुल्मीले सम्मेलनको तयारी तीब्र पारेको छ ।
यस पटकको सम्मेलन बिगतभन्दा बिशेष र फरक हुने नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताउनुभयो । सम्मेलनमा पार्टीले बिगतमा गरेका कार्यक्रमको समिक्षा आगामी कार्ययोजना तयारी बारेमा जानकारी गराइने सभापति पन्थीले बताउनुभयो ।

ad

दुईदिन सम्म गुल्मी जिल्लामा चल्ने सम्मेलनबाट पार्टीको बिगतको समिक्षा गर्दै आगामी दिनमा गरिने कार्यहरुको समिक्षा र गुल्मी घोषणा पत्र जारी गरेर सम्मेलन सम्पन्न हुने आयोजकले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।