झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको तयारीमा लाग्न गुल्मीका कार्यकर्तालाई एमाले नेता थापाको निर्देशन

0 172

सूर्य सुनार मंसिर १४, गुल्मी

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको आमसभामा केन्द्रित रहन नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले जिल्लाका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका ७ वामीटक्सारमा हुने आमसभामा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शार्मा ओलीले सम्बोधन गर्ने हुँदा सबै कार्यकर्तालाई एकजुट हुन आग्रह गरेका हुन् । एमाले रेसुङ्गा नगर कमिटी विस्तारित बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

ad

सो अवसरमा थापाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो । वर्तमान सरकारबाट जनतालाई कुनै उपलध्धी नहुने हुँदा यस्तो नेतृत्वले जनतालाई विकास दिन नसक्ने बताए ।

नेकपा एमाले केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश निदेश पन्थीले वामीटक्सारमा हुने आमसभालाई सफल पार्न सबैले आफ्नो ठाउँबाट सहयोग गर्न कार्यकर्तालाई आग्रह गरे ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।