गुल्मीमा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि

0 104

अनिल खत्री मंसिर १५ गुल्मी

गुल्मी जिल्लामा राहदानी लिनेहरुको संख्या दैनिक जसो बढदै जाँदा सेवाप्रवाहमा समेत समस्या हुँदै आएको छ । अहिले दैनिक जसो २ सय जनाले राहदानी लिनको लागि दैनिक लाइनमा बस्ने गरेका छन् ।
गुल्मी जिल्लामा सरदर ४० देखि ५० जनासम्मलाई राहदानीको आवेदन फारम लिन सक्ने जनशक्ति रहेको छ । तर दैनिक जसो २ जनाले राहदानी लिनको लागि लाइनमा बस्ने गरेका छन् । राहदानी वितरणमा सहजता ल्याउनका लागि प्रशासनले टोकन प्रणाली समेत लागु गरेको छ । प्रशासनका अहिले दैनिक ५० जनासम्मको क्षमता भएपनि कार्यालयल समय बाहेकको समय लिएर भएपनि १ सय जनासम्मले सेवा लिने गरेका छन् ।
अहिले प्रशासनमा दैनिक जसो २ सय जना लाइनमा बस्ने गरेका छन् । जसले गर्दा अघिल्लो दिनको टोकन समेत वितरण गरिदै आएको छ । यसले गर्दा प्रशासनमा राहदानी वितरणमा जनशक्ति ओभर लोडको कामको भार पर्ने गरेको छ ।
प्रशानमा एउटा स्टेशनबाट मात्रै राहदानीको आबेदन फारम भर्ने व्यवस्था रहेको छ । तर त्यो क्षमताले गुल्मीको मागलाई परिपूर्ति गर्न सकेको छैन् । जिल्लामा आर्थिक वर्ष ०७९÷०८० मा राहदानी लिने संख्यामा बृद्धि भएको छ । जिल्लामा गएको आर्थिक वर्षमा १५ हजार ८६ जनाले राहदानी लिएको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष ०७८÷०७९ मा ७ हजार ४ सय ९ जनाले राहदानी लिएका थिए । जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवासंगै समय समयमा आउने थप जिम्मेवारीलाई उच्च महत्वका साथ सम्पादन गर्दै आएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।