गुल्मीमा एम्बुलेन्स प्रयोगविहीन हुने संख्या बढदै

0 129

अनिल खत्री मंसिर १५ गुल्मी

एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा धेरै एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । विभिन्न संघ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगबिहीन अवस्थामा थन्किएका छन् ।
गुल्मी जिल्लामा पुराना एम्बुलेन्स बिक्रीसम्बन्धी उचित नीति नहुँदा धेरै संघ संस्थाका एम्बुलेन्सहरु यत्तिकै थन्कीएका छन् । जिल्लका विभिन्न संस्थाहरुमा रहेका पुराना एम्बुलेन्सको अहिलेसम्म कुनै पनि मर्मत र व्यवस्थापन भएको छैन । जसले गर्दा पुराना एम्बुलेन्स प्रयोगविहीन बनेका छन् ।
विभिन्न संघ संस्थाहरुले एम्बुलेन्स खरिद गरेर नयाँ छन् जेल चलाउने र पुराना बन्दै गएपछि मर्मत गर्ने खर्चको अभावमा प्रयोगविहिन अवस्थामा रहेका छन् । पहाडी क्षेत्रमा भौगोलिक कठिनाइ र जिल्ला दररेटले गर्दा पनि एम्बुलेन्स सञ्चालनका लागि समस्या बढदै गएको छ । जिल्लामा एम्बुलेन्स ल्याउने होड बाजी हुने तर पुरानो हुँदै गएपछि बिग्रीने मर्मत गर्न समस्या हुन गर्नाले ठूलो चुनौती बन्दै गएको छ ।
अहिले एम्बुलेन्स सञ्चालनको लागि नयाँ मापदण्ड पनि लागु भएको छ । जिल्ला रहेका पुराना एम्बुलेन्सहरु ग र घ श्रेणीका रहेका छन् । अहिले नयाँ ल्याउने क र ख श्रेणीका एम्बुलेन्स आएका छन् । त्यसले पनि पुराना एम्बुलेन्स हरु विस्थापित हुँदै गएका छन् । पुराना एम्बुलेन्सहरु श्रेणी स्तर बृद्धि गर्न पनि समस्या रहेको छ ।
एम्बुलेन्स लिलाममा बिक्री गर्दा पनि झन्झटिलो प्रक्रिया र उचित नीतिको अभावका कारण बिक्रीमा समस्या छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।