नागरिकको घर आँगनमा सेवा प्रवाह गर्न चन्द्रकोटको शिविर : नागरिकले पाए सुविधा

0 77

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नागरिकको घरघरमा पुगी एकै पटक धेरै सेवा सुविधा तथा परामर्श दिने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरिरहेको छ । गाउँपालिकाबाट प्रदान गरिने सेवा वडा बाटै पाए पछि नागरिक पनि खुसी भएका छन ।

चन्द्रकोट गाउँपालिकाले विभिन्न प्रकारका सेवा तथा सुविधा प्रदान गर्न नागरिकको घरदैलोमा पुगेको छ । जनतालाई सहज ढङ्गले सेवा सुविधा दिनुका साथै पालिका तथा वडाबाट पाइने सेवा सुविधाको बारेमा जानकारी गराउने र उपभोक्ता समितिका पदाधिकारीलाई प्रशिक्षण दिईएको छ ।

साथै योजना सम्झौता ,ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण, व्यवसाय दर्ता नवीकरण, माटो परिक्षण, कृषि तथा पशु परामर्श र स्वास्थ्य परिक्षण तथा परामर्श सुविधा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । नागरिकलाई घर आँगन मै पुगेर सेवा दिनुपर्दछ भन्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताउनुभयो । उहाँका अनुसार साना कामको लागि पालिकामा आईरहनु पर्ने नागरिकको बाध्यतालाइ एकीकृत घुम्ती शिविरले समाधान गरेको बताउनुहुन्छ ।

ad


बिभिन्न कामले गाउँपालिकाको कार्यालय धाउन नपर्ने र आफ्नै घर आँगनमा सेवा सुविधा पाउदा स्थानियहरु पनि दंग छन । उनिहरुले गाउँपालिकालाई आगाी दिनमा पनि यस्तै सेवा प्रदान गर्न आग्रह गर्दछन । सहज सेवा तथा कानुनी ज्ञान पाएपछि नागरिक पनि खुसी भएका छन ।

मङ्सिर ५ गते बाट सुरु गरिएको एकीकृत घुम्ती शिविर मङ्सिर २४ गतेसम्म चल्ने छ भने दुई हजार भन्दा धेरै नागरिकलाई सेवा प्रवाह गर्ने लक्ष्य गाउँपालिकाकाको रहेको छ । गाउँपालिका भित्र रहेका ८ वटै वडामा विभिन्न समयमा शिविर सञ्चालन हुने छ । स्थलगत रुपमा उपभोक्ता समितिका पदाधिकारीलाई प्रशिक्षण कार्यक्रम निकै प्रभावकारी भएको गाउँपालिकाका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

समयमा समयमा आयोजना गरिने एकीकृत घुम्ती शिविरले नागरिकलाई फाईदा पुराएको छ भने स्थानीय सरकारको अनुभुति दिलाएको छ । जिल्लाका सबै स्थानीय तहले यस्ता शिबिरको आयोजना गर्न आवश्यक छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।