सूर्य सुनार मंसिर १७ गुल्मी
गुल्मीमा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । आइतबार सदरमुकाम तम्घासमा उक्त दिवस मनाइएको हो ।
लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालको प्रमुख आतिथ्यमा र नेपाल अपाङ्ग एकता समाज र आशा अपाङ्ग केन्द्र गुल्मीका उपाध्यक्ष गंगा रायमाझीको अध्यक्षतामा अपाङ्गता दिवस मनाइएको हो ।
लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले अपाङ्गता भएका व्यक्तिहरुको पनि राज्यले छुट्टै कानुन बनाएको बताए । नीति नियम निर्माण भए तर कार्यान्वयन नहुनु दुखद् कुरा भएको उनले बताए । आफूले लुम्बिनी प्रदेश सरकारलाई अपाङ्गताको क्षेत्रमा काम आग्रह गर्ने बताए ।
आशा अपाङ्ग केन्द्र गुल्मीका उपाध्यक्ष गंगा रायमाझीले सरकारले अपाङ्ग भएका नागरिकहरुलाई चासो दिइएर नहेको बताइन् । आशा अपाङ्ग केन्द्र गुल्मीले अपाङ्गताको क्षेत्रमा धेरै काम गरेको उपाध्यक्ष रायमाझीले उल्लेख गरिन् ।
कार्यक्रममा अपाङ्ग मैत्री वातारण हुन नसकेको, जीविका पार्जन गर्न ग्रारो भएको, राज्यले अपाङ्ग भएका व्यक्तिलाई चासो नदिएको, कुनै काम गर्न परे कानुनी समस्या भएको, जस्ता समस्या अपाङ्गता भएका व्यक्तिले राखेका थिए ।
कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि पत्रकारहरुको उपस्थित रहेको थियो ।