गुल्मीमा प्रेस काउन्सिलको आचारसंहिता जागरण कार्यक्रम

0 830

प्रेस काउन्सिल नेपालले गुल्मीमा पत्रकारसँग पत्रकारिता आचार संहिता जागरण कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा काउन्सिलले आयोजना गरेको जागरण कार्यक्रमम पत्रकारलाई पत्रकारिता अन्तर्गत गर्न हुने र गर्न नहुने कुराको बारेमा जानकारी गराइएको हो ।

सोही अवसरमा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुर बेल्वासेले पत्रकार आचार संहिता सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले पत्रकारले पत्रकारिताको मर्म र भावाना विपरीत काम गरिरहेकोले यसमा ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

जागरण कार्यक्रममा उपस्थित क्रियाशील पत्रकारले गुनासाहरु राख्नुभएको थियो । पत्रकार भन्दा बढी अनलाइन संचारमाध्यम खोलिएकोमा चिन्ता ब्यक्त गर्दै पत्रकारहरुले पत्रकारितामा रहिरहन समस्या परिरहेको समेत गुनासो पोख्नुभयो ।

ad

नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले काउन्सिल परिवारलाई गुल्मीमा स्वागत गर्दै जिल्लास्थित संचार माध्यमको अवस्थाको बारेमा जानकारी गराउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले सुचनाहरु पाउने बिषयमा गुल्मीमा सहज भएकोले र अझ बढी सहजता ल्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकारिता क्षेत्रका समस्या बुझेको र त्यसको बिषयमा आफुहरु गम्भीर रहेको जानकारी गराउनुभयो । उहाँले जिल्लाजिल्लामा आचार संहिताका बिषयमा जागरण कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शरद अधिकारीले आफूहरुले संचार माध्यमको अनुगमन र नियमन गरिरहेको बताउनुभयो । “हामीले स्वः अनुगमन र उजुरीका आधारमा अनुगमन गर्छाैं” उहाँले भन्नुभयो, “पत्रकारलाई जागरण गराउन जिल्लामा आचारसंहिताको जानकारी गराएका हौं ।”

प्रेस काउन्सिल नेपालले यसअघि अर्घाखाँचीको सन्धिखर्कमा यस सम्बन्धी कार्यक्रम गरिसकेको छ ।

 

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।