गुल्मीको चन्द्रकोट गाउँपालिकामा मंसिर २५ गते सार्बजनिक विदा

0 200

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले मंसिर २५ गते सोमबार पालिकाभरमा सार्वजनिक विदा दिएको छ । चन्द्रकोट क्षेत्रको ऐतिहासिक, धार्मिक एंव साँस्कृतिक महत्व बोकेको बालाचतुर्दशी / शतबीज छर्ने पर्वको असरमा सार्वजनिक विदा दिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताउनुभयो ।
उहाँका अनुसार उक्त दिन चक्रेश्वर, दिब्रुङ्ग लगायतका स्थानमा धार्मिक एंव साँस्कृतिक मेला लाग्ने भएकाले गाउँ कार्यपालिकको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरु लगायत सार्वजिक संघ संस्थाहरुमा स्थानिय विदा राखिएको छ ।

चन्द्रकोट क्षेत्रको ऐतिहासिक, धार्मिक एंव साँस्कृतिक महत्व बोकेको बालाचतुर्दशी / शतबीज छर्ने पर्वको असरमा शान्तिपुरमा विविध खेलकुदका कार्यक्रम संगै साँस्कृतिक कार्यक्रमका साथमा चक्रेश्वर मन्दिर र दिब्रुङ्गको शिवालय मन्दिरमा दर्शनार्थीको ठुलो घुँइचो लाग्ने गर्दछ । चन्द्रकोट क्षेत्रमा चक्रेश्वर मेलाले ठुलो महत्व बोकेको छ । गुल्मीका अन्य स्थानिय तहले पनि विभिन्न मेला तथा पर्वमा स्थानिय सार्वजनिक बिदा दिदै आएका छन ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।