मुसिकोटमा यही पौष ६ देखी भलिबल प्रतियेगिता हुने

0 306

सूर्य सुनार मंसिर २८ गुल्मी
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मैदानमा नगरपालिका भित्रका क्लबहरु बिच खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
सफल युवा क्लब मुसिकोटले खुल्ला पुरुष वडास्तरीय भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । क्लबले यही पौष ६ र ७ गते कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिए ।

भलिबल प्रथम पुरस्कार २० हजार, मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार १२ हजार, मेडल र प्रमाण पत्र, पुरस्कार रहेको क्लबले जनाएको छ ।
मुसिकोट नगरपालिका भित्र रहेका खेलाडीहरुलाई प्रोत्साहन गर्दै खेलको आयोजना गरिएको न्यौपानेले बताए । नगरपालिका भित्रको एक मात्र युवाहरुको पक्षमा रहेको क्लबले खेलकुद गतिविधिलाई पनि साथमा राखेर अगाडी बढेको बताए ।

नगरपालिका बाहिरका खेलाडी समावेश नगरी सम्बन्धित वडाका खेलाडीलाई खेलमा समावेश गरिने क्लबका अध्यक्ष न्यौपानेले बताए ।

 

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।