युवालक्षित कार्यक्रम नल्याए केही समयमै पहाड रित्तिनेछ –  ज्ञवाली

0 239

काठमाडौं –  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवाकेन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाड रित्तिने खतरा रहेको बताएका छन्।

शुक्रवार महाकाली—मेची अभियानअन्तर्गत तेह्रथुमको वसन्तुपुरमा कुरा गर्दै उपमहासचिव ज्ञवालीले यात्राका क्रममा आफूहरुले गाउँबस्ती बिस्तारै युवाविहीन अवस्थामा पुगेको पाएको बताए।

उनले राजनीतिक परिवर्तनपछि पनि जनता पीडामै रहेको भन्दै सबै राजनीतिक दलले समस्या समाधानका लागि अग्रसर हुनुपर्ने धारणा राखे। पहाडी क्षेत्रमा कृषि र कृषिजन्य उद्योगहरुको ठूलो सम्भावना रहेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

ad

‘कृषि र कृषिजन्य उद्योगहरुको असाध्यै ठूलो सम्भवाना पहाडी क्षेत्रमा छ, पर्यटनको भण्डार हो, जलस्रोततको भण्डार हो। खानीहरू छन्’, उनले भने, ‘यसलाई प्रयोग गर्नेगरी विकासका योजना बढाउनुपर्छ।’

ज्ञवालीले जलवायु परिवर्तनका असरले खोनपानीको हिउँ पग्लिने हिमाल कालो पहाडमा परिणत हुने, ठूला पहिरो जाने र पानीको मुहान सुक्ने समस्या बढेको भन्दै सबै मिलेर यसको समाधानतर्फ लाग्नुपर्ने बताए। ‘अन्य दलहरूलाई पनि आग्रह छ– राजधानीमा बसेर सत्ताको वाक्क दिक्क लाग्दो लुछाचुँडी र भागबण्डा छोडेर जनतामा आउनुस्’, उनले भने, ’सबैले स्वस्थ प्रतिस्पर्धा गरौँ।’

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।