गुल्मीमा हराएका बालक जंगलमा मृत फेला

0 1,929

अनिल खत्री
२ पुस, गुल्मी । गुल्मीमा १० दिनदेखि हराइरहेको बालक जंगलमा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर ३ हर्राचौरका ६ वर्षका बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।
मंसिर २२ गते घरबाट हराएका बालकलाई खोज्ने क्रममा घर नजिकैको  गगनगैरा भन्ने जंगलमा मृत अवस्थामा फेला परेका थिए । मृत फेला परेका बालकको शब केहि भाग जंगली जनावरले खाएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
बालक जंगलमा मृत फेला परे पश्चात थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेको कमाण्डमा टोली घटनास्थल तर्फ लागेको छ । घटनाको स्थलगत अवस्था हेरे पश्चात मात्रै कारण खुल्ने डिएसपी पाण्डेले बताउनुभयो ।
बालकको घर नजिकै जंगल रहेको प्रहरीले जनाएको छ । बालक दृष्टिबिहिन रहेका थिए ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।