खुकुरी युथ क्लबद्वारा ट्राफिक नियमका बोर्डहरु बजारमा राखियो

0 714

सूर्य सुनार पौष ४ गुल्मी
खुकुरी युथ युवा क्लब तम्घासले सवारी चालक वा सडक प्रयोगकर्ताहरूले पालना गर्नुपर्ने ट्राफिक नियमका बोर्डहरु बजारमा राखेको छ । अधिकांश सडक दुर्घटनाको कारण ट्राफिक नियमको पालना नगरि हुने हुँदा त्यसको न्यूनिकरणको लागि बोर्डहरु राखिएको हो ।
जिल्लाको रेसुङ्गा नगरपालिका –८ स्थित रिडर्स पब्लिक हाइ स्कुल र सिद्धबाबा माध्यमिक बिद्यालय जाने चोकमा ट्राफिक नियमका बोर्ड राखिएको हो । विद्यालय क्षेत्र वरपर विद्यार्थीहरुको भिड् हुने र बाटो काट्दा दुर्घटना हुने सम्भावना बढि रहेकाले सचेत गर्न बोर्डहरु राखिएको क्लबका सचिब निशान टण्डनले जानकारी दिए ।
गुल्मीमा पछिल्लो समय बढ्दो दुर्घटना भइरहेको हुँदा विभिन्न सचेतनाका संकेतहरु राखेर बजारमा नागरिकहरुलाई सचेत गरि दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने क्लबले अपेक्षा राखेको छ ।
२०७९ सालमा स्थापना भएको क्लबले समाजमा विभिन्न किसिमका सामाजिक क्षेत्रमा सक्रिय भई काम गर्दै आएको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।