गुल्मीको मुसिकोटमा साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न

0 111

सूर्य सुनार पौष १० गुल्मी
गुल्मीमा साना किसान कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउँमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा गरिएको हो ।

साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष हरिप्रसाद छन्तेलको सभापतित्वमा सोमबार संचालन भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेल प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खरेलले साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका स–साना किसानहरुको पँुजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले बास्तवमा किसानहरु साना नभई सबैभन्दा ठुला भएको बताउनुभयो । कृषि पेशालाई अधुनिकिकरण गर्नुपर्ने धारणा राख्दै, कृषिलाई परम्परागत भन्दा पनि ब्यबसायीकरण गर्दै लैजानुपर्ने बताउनुभयो छ । नगरपालिकाले पनि पहिलो प्राथमिकता कृषिलाई दिएको बताउदै उनले कुनै युवाले आफ्नै ठाउँमा कृषिमा केहि गर्ने सोच बनाएको भए नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो ।

ad

कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले साना किसान कृषि सहकारी संस्थाले शेयर सदस्यको क्षेत्रमा कृषि उत्पादन संगै रोजगारीको वातावरण सिर्जना गरेको भन्दै जिल्लामै नमूना काम गरेको प्रति प्रशंसा गर्नुभएको थियो ।

साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष हरिप्रसाद छन्तेलले संस्था संचालन गर्दा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै आगमी दिनमा पनि यसै गरि सहयोगको अपेक्षा राख्नुभएको छ ।

सहकारीबाट शेयर सदस्यलाई ऋण प्रवाह गर्दा कृषि र पशुपालन क्षेत्रमा लगानी गरिएको हुँदा त्यसको प्रतिफल स्वरुप संस्थाको साधारण सभामा कृषि प्रर्दशर्नी गरिएको साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक विवेक पेमी मगरले बताउनुभयो । यसले गर्दा अन्य सदस्यलाई पनि पे्ररणाको स्रोत बन्ने बताउनुभयो ।

मुसिकोट नगरपालिका उपप्रमुख गंगा श्रेष्ठ, जिल्ला समन्वय समिति सदस्य सावित्रा भण्डारी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गुल्मीका कार्यालय प्रमुख गंगा प्रोखरेल, मुसिकोट नगरपालिका २ का वडाध्यक्ष रविन्द्र केसी लगायतले १८ औ वार्षिक साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उत्कृष्ट कृषक सम्मान, ७० वर्ष पुगेका जेष्ठ नागरिक सम्मान कृषि प्रर्दशर्नी, अध्यक्ष र लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सहकारीमा हाल सदस्य संख्या एक हजार दुई ६४ जना रहेका छन् । जस मध्ये महिला आठ सय ६७ र पुरुष तीन सय ९७ रहेका छन् । संस्थामा चुक्ता शेयर पुँजी ८५ लाख ७० हजार रहेको छ । चालु आर्थिक वर्षमा ऋण लगानी १३ करोड ६६ लाख रहेको छ । लगानी हिसाब ४२ लाख सात हजार रहेको छ । नगद बाँकी रकम ३३ लाख ७० हजार रहेको छ । बैंक बाँकी रकम रकम १० करोड ५५ लाख रहेको संचालक समिति अध्यक्ष हरिप्रसाद छन्तेलले जानकारी दिनुभयो । हाल सहकारीमा पाँच जना कर्मचारीले काम गरिरहेका छन् ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।