गुल्मीको उपल्लो भंगारीमा ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा

0 1,035

अनिल खत्री
४ माघ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गासँगै पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडानम्बर १३ स्थित उपल्लो भंगारीमा ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा आएको छ ।
पछिल्लो समय गुल्मी घुम्न आउने पर्यटकहरुलाई स्थानीय परिकारका खानासँगै स्थानीय कला सँस्कृति देखाउने उदेश्यले होम स्टे सञ्चालनमा ल्याइएको हो । होम स्टेमा बस्न जानेहरुले एक दिन अगाडी नै बुकिङ गर्नुपर्ने व्यवस्था रहेको छ ।
त्यहाँ स्थानीय उत्पादीत, कोदाको ढिडो, रोटी, मकैको आटो, फापरको रोटी, सिस्नु, लोकल कुखुरा लगायत पाहुनाको रोजाइ अनुसारको खाना पाइने व्यवस्था रहेको होम स्टेक सञ्चालन समितिका संयोजक यज्ञमूर्ति श्रीसले बताउनुभयो । ‘रेसुङ्गा होम स्टे’मा हाललाई १५ जनासम्म बास बस्न पाइने व्यवस्था रहेको छ ।
होम स्टेमा पुगेपछि स्थानीय उत्पादनको खानासँगै स्थानीय कला सँस्कृतिको नृत्य पनि हेर्ने व्यवस्था गरिदै आएको उहाँले बताउनुभयो । होम स्टेमा पाहुन भएर गएपछि स्थानीय कलासंस्कृतिसँग पनि रम्न पाइने व्यवस्था रहेको छ ।


जहाँ स्थानीय युवायुवतीहरुले आफनै कला संस्कृतिका गीत नृत्यहरु राख्ने गर्दछन् । होम स्टेमा पुग्ने पाहुनालाई विद्यालयको समय मिलाएर आफनो कलासंस्कृति सहितको नृत्य देखाउने गरेको स्थानीय प्रतिक्षा पुनले बताउनुभयो ।
उहाँ स्थानीय विद्यालयमा कक्ष १२ मा अध्ययन गर्दै आउनु भएकोछ । होम स्टेमा पुगेका पाहुनालाई उहाँ आफनै संस्कृतिको पहिरनमा नृत्य देखाउने गर्नुहुन्छ ।
‘रेसुङ्गा होम स्टे’ सञ्चालन गर्न रेसुङ्गा नगरपालिकाले पनि सहयोग गर्दै आएको छ । त्यस क्षेत्रमा अहिले होस स्टेका लागि भवन समेत तयार गरिएको छ ।


हामे स्टे सञ्चालनसँगै रैथाने बालीको संरक्षण र स्थानीयलाई रोजगारिमा जोडने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्य नगरपालिकाको लिएको वडानम्बर १३ का वडाअध्यक्ष हुमबहादुर बस्नेतले बताउनुभयो । उहाँले होम स्टेसँगै त्यस स्थानसम्म पुग्ने मोटरबाटो लगायत अन्य संरचना निर्माणमा नगरपालिकाले सहयोग गर्दै आएको बताउनुभयो ।
जनजाती समुदायक करिब १ सय घर बस्ती रहेको भंगारीमा स्थानीयले सोरठी, घाटु, सालैजो जस्ता संस्कृतिको संरक्षण पनि गर्दै आएका छन् । पछिल्लो समय रेसुङ्गा एअरपोट पनि सञ्चालनमा आएकाले होम स्टेमा आउने पर्यटक वढ्ने अपेक्षा स्थानीयले लिएका छन् ।
होम स्टे रहेको शिरमा रेसुङ्गा क्षेत्र पर्दछ । त्यसको काखमा रहेको होमस्टे तम्घास रिडी मुख्य राजमार्गको नजिकै रहेकाले पनि सजिलैसँग पर्यटक पुग्न सक्दछन् ।
०७९ सालको फागुन महिनाबाट ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा आएको हो । होम स्टेमा गएको साउन भदौसम्म पाहुनाहरुको चाप बढेपनि अहिले पनि खासै चहलपहल नभएको होम स्टे सञ्चालन समितिका संयोजक श्रीसले बताउनुभयो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।