अनेमसंघ गुल्मीले माघ २६ र २७ गते जिल्ला सम्मेलन गर्ने

0 98

अनिल खत्री
६ माघ, गुल्मी । अखिल नेपाल महिला संघ गुल्मीको ११ औं जिल्ला सम्मेलन माघ २६ र २७ गते तम्घासमा हुने भएको छ । नेकपा एमाले निकट जनवर्गीय संगठन अनेमसंघ गुल्मीको जिल्ला स्तरीय सचिवालय र पालिका अध्यक्ष सहितको बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
सम्मेलन सम्पन्न गर्नका लागि विभिन्न निर्णयहरु समेत गरिएको छ । जिल्लाका १२ वटै पालिकामा र ९३ वटा वडामा माघ २० गते भित्र प्रतिनिधि चयन गर्ने निर्णय गरिएको अनेमसंघ गुल्मीका कार्यबाहक अध्यक्ष सपना पन्थीले बताइन ।
माघ १५ गतेसम्म सदस्यता वितरण तथा बाँकी वडामा पालिका अधिवेशन गर्ने निर्णय भएको छ । त्यस्तै प्रतिवेदन लेखन उपसमिति अध्यक्षमा सपना पन्थी, आर्थिक परिचालन समितिमा कोषाध्यक्ष लक्ष्मी पन्तले गर्ने निर्णय भएको छ ।
त्यस्तै आवास भोजन समितिमा रिता बराल पाण्डे, प्रतिनिधि व्यवस्थापनमा सपना पन्थी बिष्णु बिक, मंच र हल व्यवस्थापनमा शान्ता पोखरेलले गर्ने जिम्मा लगाइएको छ । सांस्कृतिक कार्यक्रमा समितिमा अञ्जु कंडेल, स्वयमसेवक परिचालन समितिमा विमाला केसी, आर्थिक प्रतिवेदन समितिमा लक्ष्मी पन्त, प्रचारप्रसादर समितिमा सावित्रा खड्कालाई जिम्मेवारी प्रदान गरिएको अनेमसंघ गुल्मीले जनाएको छ ।
अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न तयारी सुरु भएको कार्यबाहक अध्यक्ष पन्थीले बताइन । बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य दिनेश पन्थी, जिल्ला अध्यक्ष बालसिंह काउछा, प्रेस चैतारी नेपालका पूर्व केन्द्रिय अध्यक्ष एवं एमाले नेता राजेन्द्र अर्याल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।