मुसिकोटका विद्यार्थीलाई उपभोक्ता हकहित सम्बन्धी सचेतना

0 299

सूर्य सुनार माघ ८ गुल्मी
गुल्मीको एक विद्यालयमा उपभोक्ता हित सम्बन्धी जागरण कार्यक्रम गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका ४ बारुकामा रहेको मुसिकोट माध्यामिक विद्यालयमा एक दिने सचेतना कार्यक्रम गरिएको विद्यालयका शिक्षक गणेश पन्थी जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश उद्योग बाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय सिद्धार्थनगर रुपन्देहीको आयोजनामा ७५ जना विद्यार्थीहरुलाई उपभोक्ता हक अधिकार, उपभोक्ता संरक्षण ऐनमा भएका व्यवस्थाहरु, उत्पादकका दायित्वका विषयमा विद्यार्थीहरुलाई सचेतना गराइएको निर्देशनालयका निर्देशक अर्जुन बहादुर थापाले बताउनुभयो ।

कारोवारस्थलमा साईनवोर्ड, मूल्यसुची ख्याल गर्नुपर्ने, उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्र समान खरिद गर्नुपर्ने जस्ता विषयमा विद्यार्थीहरुलाई सिकाउदा समाजमा राम्रो प्रभाव पर्ने हुँदा विद्यार्थीहरुलाई सचेतना गराइएको थापाको भनाई छ ।
उहाँले अनुगमन भन्दा पनि उपभोक्ता सचेतना महत्वपूर्ण भएको भन्दै प्रत्येक नागरिक आफैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रदेशका १२ जिल्लामा यो कार्यक्रम गरिने निर्देशानालयले जनाएको छ ।

ad

मुसिकोट माध्यामिक विद्यालयका शिक्षक गणेश पन्थीले विद्यालयमा आएर धेरै राम्रो र समाजमा राम्रो प्रभाव पार्ने कार्यक्रम गरिदिएको भन्दै लुम्बिनी प्रदेश उद्योग बाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।