गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिर स्थापना

0 1,063

अनिल खत्री
१० माघ, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासको धागिथुममा आजभन्दा करिब २ सय वर्षअघि अर्थात १८ औं शताब्दिको अन्त्यतिर धागिथुम भगवती मन्दिर निर्माण गरिएको हो । पहिले स्थानीयले नै मन्दिरको संरक्षण गरेपनि अहिले भने नेपाली सेनाले त्यसको रेखदेखि गर्दै आएको छ ।
तीन तले मन्दिर प्यागोडा शैलिमा निर्माण गरिएको छ । जसमा छत्रसहित पाचँवटा गजुरसमेत रहेका छन् ।
मन्दिरको छानो पनि पित्तलले छाइएको छ । जसले गर्दा मन्दिरमा थप आकर्षण रहेको छ ।
मन्दिरमा धार्मिक र पर्यटकीय महत्व रहेको छ । सोहि स्थानमा स्वस्थानी माताको मन्दिर स्थापना गरिएको छ ।
स्वस्थानी माताको मन्दीर पनि सोहि अनुसार आकर्षक रुपमा तयार गरिएको छ । निकै पुरानो भगवतीको मन्दिर रहेको स्थानमा स्थानीयको सक्रियतामा मन्दिर स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताए ।
नेपाली सेनाको व्यारेक परिसरमा स्वस्थानी माताको मन्दिर यश क्षेत्रमा नभएकाले भक्तजनको सहजताको लागि मन्दिर स्थापना गरिएको थापाले बताए । मन्दिर स्थानीय वडाको १ लाख र स्थानीयको ६ लाख गरि ७ लाखमा मन्दिर निर्माण भएको हो ।
मन्दिरमा यहिँ माघ ११ गतेबाट दैनिक पूजा सुरु हुँदैछ । साँखु शालिनदी किनारमा अवस्थित स्वस्थानी माताको मन्दिर रहेको छ ।
सोहि मन्दिर र मूर्ति जस्तै यहाँ पनि स्थापना गरिएको स्थानीय समाजसेवी रामचन्द्र पान्थीले बताए । हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी बिहिबारबाट आरम्भ हुदै छ ।
आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिलाहरुले एक महिनासम्म स्वस्थानीको ब्रत बस्ने गर्दछन् । यो व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने पन्थीको भनाइ छ ।
सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ । व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार परापुर्वकालबाटै चिताएको पुग्ने विश्वासमा श्रीस्वास्थानीको व्रत बस्ने चलन छ ।
यस अवधिमा स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ । श्रीस्वस्थानीको व्रतकालमा काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी तथा सतिदेवीका अङ्ग पतन भएका शक्तिपिठहरुमा घुइँचो लाग्ने गर्दछ ।
नेपालभुमि र श्रीस्वास्थानीको महत्व धेरै छ । स्वस्थानीको व्रतमा नेपाली भूमिको वर्णन गरीएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।