सापकोटा यात्रा गुल्मीबाट राष्ट्रिय सभासम्म

0 861

अनिल खत्री
११ माघ, गुल्मी । राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट बिष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सत्ता गठबन्धन नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सापकोटा हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य पदमा उम्मेदवार बनेकी थिइन ।
उनले५ हजार ४३५ मत भार ल्याएर निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी तुलसा केसीले २ हजार ८६७ मतभार ल्याएकी थिइन ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ मा २०२३ साल असार १० गते जन्मेकी सापकोटाले २०३६ सालदेखि नेपाली कांग्रेसको राजनितिमा प्रबेश गरेकी हुन् । एलएल बी सम्म अध्ययन गरेकी सापकोटा अबिवाहित छन् ।
पहिलेको त्यो समयमा महिलाहरुले राजनिति गर्न निकै कठिन अवस्था थियो ।    महिलाले घरको काम गर्नु पर्छ, विहे गरेर जानुपर्छ भनेर घरबाट राजनिति गर्न दिने चलन पनि थिएन ।
तर त्यो संघर्षलाई चिर्दै सापकोटाले भने सानै उमेरदेखि महिला पुरुष बिच बिभेद हुनुहुदैन भन्दै नेतृत्व गर्दै आइन । गुल्मी जिल्लाको वामी टक्सार स्थित महेन्द्र आर्दश माध्यमिक विद्यालयका कक्षा ८ मा पढदा नेविसंघको सदस्य बनेर राजनिति प्रबेश गरेकी थिइन ।
२०४२ सालखेखि नेपाली कांग्रेसको भतृ संगठनमा क्रियाशिल रहेकी सापकोटा निरन्तर लाभको पदमा नपुगी राजनिति गर्दै आएकी महिला नेतृ हुन् । सरल स्वभावकी सापकोटा गुल्मी जिल्लामा सबैले बिष्णु दिदी भनेर बोलाउने गर्दथे । नेविसंघको जिल्ला सदस्य हुँदै ०४८ मा इकाइ सदस्य बनेकी थिइन ।
सापकोटा जिल्लामा कक्षा १० सम्म अध्ययन सकेर उच्च शिक्षा अध्ययन गर्न काठमाडौंमा पुगीन । त्यहाँ रहदा पनि उनि पढाइसँगै विद्यार्थी राजनितिलाई निरन्तर छोेपेर अगाडी बढीन ।
०५३ मा इकाइ सभापति, ०५५मा स्ववियू सदस्य बनेकी थिइन ।०५८ सालमा नेविसंघको केन्द्रिय सदस्य बनेकी थिइन ।
विद्यार्थी राजनितिलाई बिट मारेर ०६३ सालमा गुल्मी जिल्लामा आएर महिला संघको जिल्ला अध्यक्ष बनीन । सापकोटाले नेपालमा परिर्वतनको पक्षमा चलेका आन्दोलनहरु ०४६ साल, ०६२÷०६३ सालमा चलेको आन्दोलनमा महिलाहरुको नेतृत्व गरेर होमीएकी थिइन ।
त्यस्तै जिल्ला स्तरमा विभिन्न समयमा हुँने आन्दोलनहरुमा पनि उनि सक्रिय भएर उभिने गरेकी थिइन । सापकोटाले राजनिति आफनो निहित स्वार्थमा भन्दा पनि आम नागरिकको हितमा हुनुपर्छ भन्ने मान्य आफुमा रहेको बताउने गरेकी छन् ।
०७४ सालमा नेपाली कांग्रेस गुल्मीको पार्टी सचिव बनेकी सापकोटा विभिन्न समयमा महाधिवेशन प्रतिनिधि समेत बनेकी छन् । अहिले पनि सापकोटा जिल्लामा रहेका एक र्दजन सामाजिक संघ संस्थमा आवद्ध रहेकी छन् ।
उनि ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा मुसिकोट नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेर पराजित भएकी थिइन । राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भएपछि सबैको साझा बनेर हरेर नागरिकको पक्षमा काम गर्ने उनले बताइन ।
यो अवसरलाई अधित्तम नागरिकको हितमा आफुले काम गर्ने दृढ अठोट आफुमा रहेको उनको भनाइ छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।