एमाले गुल्मीद्धारा १२ वटै स्थानीय तहमा ज्ञापन पत्र

0 614

तिलाचन पाण्डे माघ १५ गुल्मी

नेकपा एमाले गुल्मीले स्थानीय तहमा भएका अनियमितताको बारेमा ज्ञापनपत्र बुझाएको छ ।
जिल्लामा रहेका दुई नगर र १० पालिका सहित १२ स्थानीय तहमा भएका अनियमितता, भ्रष्टचार, पक्षपात जनसरोकारका विषयलाई समेटेर ज्ञापन पत्र बुझाएको हो । स्थानीय तहमा असल अभ्यासलाई निरन्तरता दिन र जनताको समस्यालाई समाधान गर्न ज्ञापन पत्र बुझाएको नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपालीले बताउनुभयो ।

त्यस्तै गुल्मी जिल्लाका स्थानीय तह तथा सरकारी कार्यालयमा कामकारवाहीका सम्बन्धमा एमाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको र विकास निर्माणका काममा गरिएको ढिलासुस्ती, कमजोर गुणस्तर सच्चाउनका लागि आग्रह गरिएको श्रीपालीले बताउनुभयो । सरकारी निकायमा बढ्दो इन्धन, गाडी, चन्दा सहयोग तथा भ्रमण गोष्ठीका फजुल खर्च नियन्त्रण गर्न तथा सरकारी निकायमा बढ्दो खरिदमा हुने खेललाई सच्चाउन एमाले गुल्मीले आग्रह गरेको छ ।
ज्ञापन पत्र बुझदै रेसुङगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले आफूले सवैलाई समान रुपले हेरेको र पक्षपात नभएको दाबी गर्नुभयो । उहाँले कामको शिलशिलामा कुनै अन्जानमा केही भएको भए आफू बसेर छलफल गर्न तयार रहेको बताउनुभयो । नगरलाई उत्कृष्ट बनाउन सबैको साथ आवश्यक रहेकाले यस अभियानमा साथ दिन उहाँले आग्रह गर्नुभयो ।
गुल्मीमा एमालेले तीन वटा , माओवादीले चार र काँग्रेसले पाँच स्थानीय तहमा नेतृत्व गरेको छ ।
यस्तै एमाले गुल्मीले २०८० लाई प्रशिक्षण वर्षका रुपमा घोषण गरेको छ । पार्टीको वार्षिक कार्ययोजना अनुसार जिल्ला , सबैपालिका र सम्पर्क मन्चमा गरिएका प्रशिक्षण प्रभावकारी रहेको ठहर गर्दै माघ र फागुनमा वडा स्तरका प्रशिक्षण सम्पन्न गर्ने र यस वर्षलाई प्रशिक्षण वर्षका रुपमा घोषण गरिएको जिल्ला सचिव गण्ेश श्रीपालीले जानकारी दिनुभयो ।

ad

प्रशिक्षणको लागि विषयवस्तु पार्टीको स्कुल विभागको संयोजनमा निर्धारण गरी पठाउने र प्रशिक्षणका लागि प्रदेश तथा केन्द्रीय जिम्मेवारीमा रहेका व्यक्तिहरुलाई अनुरोध गर्ने निर्णय भएको उहाँले बताउनुभयो । यसका साथै जनसंगठनका पालिकासम्मका प्रशिक्षण फागुनभित्र सञ्चालन गर्ने र वडा तथा जनसंगठनका प्रशिक्षण फागुनभित्र सकेर यो वर्ष २०८० लाई प्रशिक्षण वर्षका रुपमा घोषित गर्ने गरी जिल्ला पार्टीले निर्णय गरेको श्रीपालीले बताउनुभयो ।
जिल्ला पार्टीका विभागहरुको बैठक फागुन १५ भित्र सम्पन्न गर्ने, यसवर्ष पार्टी सदस्यता नवीकरण चैत महिना भित्र सक्ने गरी तयारी गर्ने र फागुनबाटनै सदस्यता नवीकरणको काम सुरु गर्ने समेत निर्णय गरेको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।