गुल्मीको सम्पन्न आयुर्वेद पसल सिल

0 780

गुल्मीको तम्घासमा रहेको सम्पन्न आयुर्वेद पसल जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको छ । अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गरेको गुनासो आएपछि आयुर्वेद सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।आयुर्वेदले गम्भीर प्रकृतिका बिरामी हेर्ने, औषधि वितरण गर्ने र प्रयोगशाला संचालन गरेको गुनासो आएपछि आयुर्वेद बन्द गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनु्भयो । सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले आयुर्वेद सिल गरेको हो ।

उक्त आयुर्वेद पसलले आठ कोठामा औषधि, प्रयोगशाला र बिरामी कुरुवा कक्ष सञ्चालन गरेको छ । रेसुङगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन काउछाको रोहबर, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रतिनिधि र प्रहरी समेतले आयुर्वेद सिल गरेको हो । आयुर्वेद शिलपछि टोलीले थप अनुसन्धान समेत गरिरहेको छ । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जनगुनासो आएपछि आयुर्वेद बन्द गरेको बताउनुभयो ।

प्रारम्भिक अनुसन्धानमा अधिकार क्षेत्रभन्दा बाहिर रहेर सञ्ंचालन गरेको पाइएकाले हाललाई आयुर्वेद सिल गरेको थप अनुसन्धान जारी रहेको शर्माले बताउनुभयो ।अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गर्ने अधिकार कसैलाई नभएको भन्दै अनुसन्धान पश्चात के कारवाही गर्ने भन्ने बारेमा निर्णय लिइने शर्माले बताउनुभयो । जनताको स्वास्थ्य माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको र यदि सबै प्रमाणित भएमा कानून अनुसारको कारवाही गरेरै छाड्ने प्रशासनले चेतावनी दिएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।