गुल्मीमा आयुर्वेद सञ्चालकलाई कारवाही नगर्न औषधी व्यवसायी संघको दबाब

0 1,015

अनिल खत्री
२० माघ, गुल्मी । गुल्मीको तम्घासमा सफल र सम्पन्न आयुर्वेद सञ्चालकलाई कारवाही नगर्न औषधी व्यवसायी संघ गुल्मीले दबाब दिएका छन् । गुल्मी जिल्ला सदरमुकाम तम्घासको पुरानो बजारमा रमेश अधिकारीले सञ्चालन गर्दै आएको सम्पन्न आयुर्वेद पसल र सफल होमियोप्याथिक औषधी पसलमा अधिकार क्षेत्र भन्दा बाहिर रहेर काम गरेको पाइएको भन्दै प्रशासनले गत माघ १५ गते सिल गरेको हो ।
सिल भएको औषधी पसल खोल्न र आयुर्वेद सञ्चालकलाई कारवाही नगर्न भन्दै औषधी व्यवसायी संघ गुल्मी अध्यक्ष फर्सु पाण्डे, महासचिव गणेश श्रेष्ठ, कोषाध्यक्ष जुवानन्द बेलवासल्से, सह–कोषाध्यक्ष अनन्त अधिकारी लगायत सहितका पदाधिकारीहरु प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई भेटेर दबाब दिएका हुन् ।

उहाँहरुले प्रमुख जिल्ला अधिकारी शर्मालाई कानुनी हिसाबमा अलि हलुका खालको बनाएर छुटकारा दिन दबाब दिएका छन् । औषधी व्यवसायी संघका टोली प्रमुख जिल्ला अधिकारी कहाँ पटक–पटक पुग्ने गरेका छन् ।
पसल सञ्चालकलाई छुटाउन उनिहरुले अनेक पयत्न गरेको  श्रोत बताउछ । दबाब दिन पुगेका औषधी व्यवसायी संघका पदाधिकारीलाई प्रमुख जिल्ला अधिकारी शर्माले कानुनी अनुसार नै कारवाही हुने बताउनु भएको थियो ।
अनुसन्धानमा दोषी फेला परे कानुन भन्दा बाहिर रहेर चल्न नमिल्ने प्रमुख जिल्ला अधिकारी शर्माले व्यवसायिलाई बताउनु भएको थियो । सिल गरेको आयुर्वेद पसलमा समिति बनाएर अनुसन्धान भइरहेको उहाँले बताउनु भएको थियो ।

अनुसन्धान गर्न ५ सदस्यीय समिति

ad

प्रशासनले आयुर्वेद पसल सिल आयुर्वेद पसलमा सत्य तथ्य छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको हो । जसको सदस्यहरुमा स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत गोपाल कार्की, रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती, आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीका डक्टर सुरज पाण्डे र प्रहरी निरीक्षक सूर्यभान चौधरी सदसय रहेको समिति गठन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।  समितिले यहि माघ १९ गतेसम्म सत्य तथ्य बुझेर प्रतिवेदन पेश समय तोकिएको थियो । समितिले समय सिमामै प्रतिवेदन तयार गरेपनि प्रमुख जिल्ला अधिकारी सहितका टोली कार्यक्रमको शिलसिलामा गाउँमा रहेकाले सोमबार मात्रै सार्वजनिक गरिने सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।

औषधी खुद्रा बिक्रीको लागि दर्ता भएको उक्त पसले गैरकानुनी ढंगले क्षेत्र अधिकार बाहिर रहेर उपचार र ल्याब सेवा सञ्चालन गरेको पाइएको थियो । उक्त पसलले आयुर्वेद र एलोपेथिक औषधीहरु राख्ने गरेको,एक्स–रे तथा भिडियो–रे सेवा, फिजियो थेरापी र नेबुलाइजर सेवा, पनि प्रवाह गरेको पाइएको थियो ।

साथै बिरामी भर्ना गरेर भिन्नि ढंगले उपचार गर्दै आएको पनि पाइएको अनुगमन कर्ताले फेला पारेका थिए । अधिकारीले रेसुङ्गा नगरपालिका वडानम्बर ८ मा पसल र वडानम्बर ९ मा ल्याब र औषधीको ठूलो जोदाम .राखेर सेवा प्रवाह गर्दै आएको फेला परेको प्रशासनले जनाएको छ ।
आयुर्वेदले गम्भीर प्रकृतिका बिरामी हेर्ने, औषधि वितरण गर्ने र प्रयोगशाला संचालन गरेको गुनासो आएपछि आयुर्वेद सिल गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

गत माघ १५ गते जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले आयुर्वेद सिल गरेको थियो । उक्त आयुर्वेद पसलले आठ कोठामा औषधि, प्रयोगशाला र बिरामी कुरुवा कक्ष सञ्चालन गरेको छ ।
जिल्ला सदरमुकामै क्षेत्र अधिकार बाहिर रहेर आयुर्वेद पसल सञ्चालन गरेर स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा खेलबाड हुँदै आएको प्रति नागरिकको गुनासो बढेको थियो ।
उक्त पसलले गम्भीर प्रकृतिका बिरामी भर्ना गर्ने र चेक जाँच गर्ने गरेको आरोप स्थानीयको छ । उक्त पसलमा आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीले अनुगमन गर्दा क्षेत्राधिकार भन्दा बाहिर रहेर काम गरेको फेला पारेर पटक पटक सुझाब दिँदा समेत अटेर गर्दै आएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।