प्रेस चौतारी नेपाल गुल्मीद्धारा २६ औँ स्थापना दिवसमा सरसफाई

0 202

सूर्य सुनार माघ २२ गुल्मी

प्रेस चौतारी नेपाल गुल्मीले २६ औँ स्थापना दिवस सरसफाई गरी मनाएको छ । सोमबार रेसुङ्गा नगरपालिका ९ मा अबस्थित चिल्डे«न पार्कमा सरसफाई गरी दिवस मनाएको हो ।
सरसफाई कार्यक्रममा बोल्दै पे्रस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले २६ औँ स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सामाजिक विकासमा पत्रकारको भूमिका अतुल्यनीय रहेकोले गणतन्त्र, र संघीयता स्थापनामा समेत महत्वपूर्ण रहेको पे्रस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले बताए । पछिल्लो समय नेपालको पत्रकारितामा देखिएका समस्याबारे अर्यालले चर्चा गर्नुभएको थियो ।
नेकपा एमाले गुल्मीका सचिब गणेश श्रीपालीले लोकतन्त्रको बलियो आधार भनेको पत्रकार जगत भएको बताउनुभयो । समाज परिवर्तनमा पत्रकारले खेलेको भूमिका प्रति सचिब श्रीपालीले प्रशंसा गर्नुभएको थियो ।

ad

पे्रस चौतारी नेपाल गुल्मीका अध्यक्ष अनिल खत्रीले पार्कमा सरसफाई गरी दिवस मनाइएको बताउनुभयो । पछिल्लो समय ठुलो लगानीमा पार्कहरु निर्माण भईरहेको र त्यसको व्यवस्थापनमा सरकारले कम चासो दिएको बताउँदै अध्यक्ष खत्रीले प्रेस चौतारी गुल्मीले सरसफाईसंगै पार्कको संरक्षणमा सम्बन्धित निकायलाई झकझकाएको उहाँले बताउनु भयो ।
प्रेस चैतारी गुल्मीले आफ्नो स्थापना दिवसको अवसरमा सरसफाई तथा शुभकामना आदानप्रदान कार्यक्रमले संगठन बलियो र समाजमा रचानात्मक काम भएको बन्दै सहभागिले चौतारी गुल्मीको प्रंशसा गरेका थिए । २०५५ माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपालले पत्रकारको हक हितमा काम गर्दै आएको छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।