चन्द्रकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

0 667

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको सभाहल शान्तिपुरमा चालू आ.व. २०८०/०८१ को हाल सम्म संचालित योजना, कार्यक्रम तथा समग्र सार्वजनिक सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज भुसालले हाल सम्म भएका कार्य प्रगतिको जानकारी गराउनुभएको थियो ।

यस्तै स्थानियहरुले भौतिक निमार्णका क्रममा गुणस्तरीय कार्य नभएको, एक घर एक धारा कार्यक्रमले पूर्णता नपाएको, हाटबजारको संरचना निमार्ण भएर पनि सञ्चालन हुन नसकेको, बजार अनुगमन प्रभावकारी नभएको, स्मार्ट कृषि गाउँ कार्यक्रम लथालिङ्ग भएको लगायतका प्रश्न तथा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा प्रमुख जवाफदेही वक्ता गाउँपालिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी र प्रमुख प्रशासकीय अधिकृत सरोज भुसाल वडाध्यक्ष लगायतले उठेका प्रश्नको जवाफ दिनुभएको थियो । कमी कम्जोरीलाई आगामी दिन सुधार गदै लैजाने उहाँहरुको भनाई थियो । कार्यक्रममा कार्यपालिका सदस्यहरू, जनप्रतिनिधि तथा निवर्तमान जनप्रतिनिधिहरू, विभिन्न संघ संस्था निकायका व्यक्तिहरू लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण पत्रकार टोपलाल अर्याल, डिबि खड्का र महेश बोहराले गर्नुभएको थियो ।

ad

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।