दह दिब्रुङ्ग समाज गुल्मीको १६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम सहित सम्पन्न

0 1,443

महेश बोहरा फागुन १७, गुल्मी,

दह दिब्रुङ्ग समाज चन्द्रकोट गाउँपालिका १ गुल्मीको १६ औं वार्षिकोत्सव तथा छैठौं स्थापना दिवस सम्पन्न भएको छ । फाल्गुन १३ गते देखि सुरु भएको कार्यक्रमको समापन फाल्गुन १६ गते भएको थियो । “दिब्रुङ्ग दहको शान, जनसेवाको योगदान, खेलकुद र संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

ad

यस्तै फाल्गुन १५ गते ४२ औं राष्ट्रिय मगर एकता दिवसको दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साथमा विभिन्न जातजाती सहितको झाँकी समेत प्रस्तुत गरिएको थियो । दह दिब्रुङ्ग समाजले आयोजना गरेको फुटबल प्रतियोगीतामा १० समुहको सहभागीता रहेकोमा थाप्ले युवा कल्ब भार्से गुल्मीले प्रथम स्थान हासिल गरेको छ ।
यस्तै आयोजक दह दिब्रुङ्ग समाजले दोस्रो स्थान प्राप्त गरेको छ । भलिबल तर्फ कुल १८ समुहले प्रतिस्पर्दा गरेकोमा आयुष्मा होटल आँपचौर गुल्मी प्रथम भएको छ । बिशुखर्क युवा कल्ब गुल्मीले दोश्रो स्तथा हासिल गरेको छ । फुटबल र भलिवलमा प्रथमले क्रमश ५१ हजार दोश्रो हुनेले ३१ हजार जितेका छन ।

 

 

यस्तै सान्त्वना हुने समुहले ५/५ हजार हात पारेका छन । भलिबल भेन्ट्रान्समा ६ समुह बिच प्रतिस्पर्दा भएको थियो । जसमा बरेङ गाउँपालिका बाग्लुङ प्रथम हुदै रु १५ हजार जित्न सफल भएको छ । ओलिबाङ गैढुङ्गा गुल्मीले दोश्रो हुदै रु १० हजार हात पारेको छ । एकल नृत्य तर्फ ८ जना प्रतिस्पर्धी रहरेका थिए । जसमा भावना थापा मगर प्रथम, दिपिका गुरुङ दोश्रो, प्रिन्सका मल्ल तेस्रो र दुर्गा काला मगर सान्तवना भएको खले संयोजक राजु बलालले जानकारी दिनुभयो ।

फाल्गुन १५ गते भएको साँकृतिक कार्यक्रममा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीको प्रमुख आतिथ्यता रहेको थियो । उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी र वडाध्यक्ष घनश्याम खरेलको विशिष्ट आतिथ्यता रहेको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश शर्मा, गाउँपालिका प्रशासन शाखा प्रमुख शिव ज्ञवाली लगायत अतिथिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा राट्रिय कलाकार खेम सञ्चुरी, पवित्रा सर्तुङगी मगर, कला सुप्तिहाङ बलाल मगर, बन्दना पाण्डे, केशु पुन मगर केशरी लगायत कलाकारहरुको प्रस्तुति रहेको थियो । दह दिब्रुङ्ग समाजका अध्यक्ष खिम बहादुर बलालको अध्यक्षतामा सुरु भएको कार्यक्रम ४ दिन सम्म सञ्चालन भएको थियो ।

देश विदेशमा बस्ने सहयोगी मनहरुको सहयोगबाट कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न सकिएको बताउदै समाजका सचिव श्री प्रसाद बलालले सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । सहयोग गर्न सहयोगी मनहरुलाई सम्मान तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष युवराज केसीले समाजले गरेको कार्यक्रम निकै राम्रो भएकोमा प्रशंसा गर्नुभएको थियो । साथै उहाँले दहको विकासका लागी गुरुयोजना तयार दह ताललाई पुरानै अवस्थामा फर्काउने गरी संघिय सरकारमा प्रेश गरेको बताउनुभयो । पछिल्लो समयमा भइरहेको बसाइसराँई रोक्नका लागी आय आर्जनका क्षेत्रमा लगानी गर्न देश बिदेशमा बस्ने दहबासीहरुलाई आग्रह गर्नुभयो । पर्यटन र आयआर्जनका माध्यमबाट मात्रै दहको विकास सम्भव रहेकोमा उहाँले जोड दिनुभयो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।