मुसिकोटमा ५० हजार राशीको भलिबल प्रतियोगिता हुने

0 563

सूर्य सुुनार फागुन २८, गुल्मी
ताराखसे युवा क्लब मुसिकोट नगरपालिका ८ मालारानीले खुल्ला महिला तथा पुरुष भलिबल एवम् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
“विकास अनुशासन, गतिशीलता आजको आवश्यकता, समाज परिर्वतन हाम्रो प्रतिवद्धता” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै अघि बढिरहेको ताराखसे उुवा क्लबको १२ औँ वार्षिकोत्सवमा कार्यक्रमको आयोजना गरेको हो । यही चैत्र २६ देखी २९ सम्म विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष राम बोहराले जानकारी दिए ।

पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार ५० हजार कप मेडल र प्रमाणपत्र, द्धितिय कप मेडल र प्रमाणपत्र, ३५ हजार कप, मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार २५ हजार कप, द्धितिय मेडल रहेको छ ।

प्रथम पुरस्कार २५ हजार कप मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार १५ हजार कप मेडल र प्रमाणपत्र र १० हजार कप मेडल र प्रमाणपत्र रहेको छ भने प्रत्येक विद्यामा आर्कषक पुरस्कार रहेको आयोजकले जनाएको छ ।

ad

खुल्ल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला रेकर्ड डान्स प्रतियोगिता र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति समेत रहने छ ।

 

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।