अपाङ्गताको साहारा बन्दै मुसिकोट, स्याहार सुसार गर्नेलाई मासिक एक हजार दिने

0 239

सूर्य सुनार चैत्र ७ गुल्मी
गुल्मीको मुसिकोट नगरपालिकाले अपाङ्गता भएका नगरवासीको स्याहार सुसार गर्ने निकट संरक्षकलाई मासिक एक हजार उपलब्ध गराउने भएको छ ।
मुसिकोट नगरपालिकाको कार्यपालिकाको बैठकले पारित गरेको कार्यविधी अनुसार आफ्नो स्याहार आफै गर्न नसक्ने नागरिकको संरक्षकलाई सहयोग गर्ने भएको हो । खानपीन, शौचालय र व्यक्तिगत सरसफाई समेत गर्न नसक्नेहरुको लागि नगरपालिकाले कार्यविधी बनाइ अपाङ्गताको क्षेत्रमा काम गरेको नगरपालिकाले जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् । तर तिनीहरु मध्येबाट पनि अति अशक्त प्रकारको अपाङ्गलाई नगरपालिकाले नयाँ कार्यविधी बनाएर उनीहरुको साथमा स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउनको लागि यस्तो खालको निर्णय गरिएको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बताउनुभयो ।
उनीहरुको पनि सम्मानपूर्वक बाच्न पाउने अधिकार हुने हुँदा उनीहरुको सम्मानको लागि यस्तो निर्णय गरिएको नगरप्रमुख खरेलले बताउनुभयो ।

मुसिकोट नगरपालिका भित्र (क) वर्गका ९५ (ख) वर्गका १८७ (ग) वर्गका ९३ र (घ) वर्गका ६९ रहेको मुसिकोट नगरपालिकाका सुचना अधिकारी समुन्द्र रायमाझीले जानकारी दिनुभयो । नगरपालिकाभित्र रहेका (क) वर्गका ९५ जना मध्येबाट छनोट गरी अति अशक्तलाई मासिक एक हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।