गुल्मीमा कृषि यन्त्र तथा उपकरण मर्मत तथा सञ्चालन तालिम

0 193

सूर्य सुनार चैत्र ९ गुल्मी
मिनि टेलर मेसिन (हलो) लगायत कृषि मेशिनरी औजार उपकरण बिग्रिएर हैरानी खेप्दै आएका गुल्मी बाग्लुङ्ग र अर्धाखाँची जिल्लाका कृषकलाई तालिम प्रदान गरिएको छ । कृषिको आधुनिकरणका लागि विभिन्न समयमा कृषकलाई प्रदान गरिएका मिनि टेलर (हलो) लगायतका सामाग्रीहरु सामान्य ज्ञान पनि नहुँदा कृषकलाई समस्या हुँदै आएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभाग कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्दधन केन्द्र ललितपुरको आयोजनामा तालिम दिइएको हो ।

सरकारी निकायबाट विभिन्न समयमा कृषकलाई आवश्यक पर्ने सामाग्रीहरु प्रदान गरे पनि सामान्य मर्मत नहुँदा कतिपय कृषकले ती सामाग्री यत्तिकै फाल्ने गरेका थिए । यही समस्यालाई समाधान गर्न जिल्लाका कृषकलाई मर्मत सम्बन्धी तालिम प्रदान गरिएको हो । तालिमबाट सिप सिकेपछि अब गाउँमा गएर मर्मत गर्नसक्ने भएको कृषकहरुको भनाइ छ ।
कृषि मेशिनरी औजार उपकरण मर्मत गर्न स्थानीय तहमा दक्ष जनशक्ति नहुँदा कृषकले ती सामाग्री यत्तिकै फाल्ने गरेको अवस्थामा तालिममा सिकेका कुरालाई व्यवसायिक रुपमा व्यवहारमा उर्तान जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा वरिष्ठ कृषि अधिकृत टिकाराम शर्माले यो तालिम अहिलेको समय निकै उपयोगी हुने बताउनुभयो ।
गुल्मी, बाग्लुङ्ग र अर्धाखाँचीका २५ जना कृषकलाई मिनि टेलर मेसिन (हलो) लगायत कृषि मेशिनरी औजार उपकरण मर्मत सम्बन्धी तालिम प्रदान गरिएको हो ।

ad
सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।