गुल्मीमा कफी खेती सम्बन्धी जिल्ला स्तरीय तालिम

0 369

सूर्य सुनार चैत्र ९ गुल्मी
गुल्मीमा कफी खेती सम्बन्धी जिल्ला स्तरीय तालिम कृषकलाई दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा अगुवा कृषकलाई तालिम दिएको हो ।
कफीलाई विश्व बजारमा कसरी पुयाउने, कृषकलाई कफी खेती लगाउन प्रोत्साहन गर्ने, सही जातको बिरुवा पहिचान र अर्गानिक कफी लगाउन प्रोत्साह गर्ने उदेश्यले तालिमको आयोजना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीका सुचना अधिकारी नारायणी गाहाले जानकारी दिनुभयो ।
कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारी, जिल्ला सहकारी संघका व्यवस्थापक युवराज आचार्य , कफी अनुसन्धान केन्द्र भण्डारी डाँडाका कार्यालय प्रमुख जित नारायण चौतारी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीका कार्यालय प्रमुख गंगा कुमारी पोखरेलले सहजिकरण गर्नुभएको थियो ।
तालिममा कफीका सम्बन्धी धेरै कुरा सिकेको बताउँदै कफी खेती गर्न यो तालिमले सहज बनाएको कृषकको भनाई छ ।
जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले गुल्मी जिल्ला कफीको परिचित जिल्ला भएपनि सोचे अनुसारकोे कफी उत्पादन हुन नसकेको बताउनुभयो । कृषकले कफी उत्पादन गर्न खोजिरहेको बताउँदै यसमा लाग्ने रोगका कारण उत्पादनमा कमी आएको बताउनुभयो । कफीमा लाग्ने रोगको समाधान गर्न सबै पक्षको साथ चाहिने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख खत्रीले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीका कार्यालय प्रमुख गंगा कुमारी पोखरेलले कफी खेती गर्ने कृषकलाई यो तालिम निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
गुल्मी जिल्लाका कफी उत्पादक २३ जना कृषकलाई तालिम दिइएको हो । तालिम चैत्र ७ देखी ९ गते सम्म चलेको थियो ।

सम्बन्धित
प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।